"2513058968709111" /> नेपाल तरुण दल बागलुङ क्षेत्र नं ३ को पहिलो क्षेत्रीय अधिेवशन खर्बाङमा सुरु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाल तरुण दल बागलुङ क्षेत्र नं ३ को पहिलो क्षेत्रीय अधिेवशन खर्बाङमा सुरु ।।


अनिश गैरे 
वामी,गुल्मी ,मङिसर ०८
नेपाल तरुण दल बागलुङ क्षेत्र नं ३ को पहिलो क्षत्रीय अधिवेशन “वि।पि सपना,शान्ति विकास र सुसासन तरुण साझेदारीको लागि चौँथो राष्ट्रिय अधिवेशन” भन्ने नाराका साथ आजबाट खर्बाङमा सुरु भएको छ ।
आजदेखि खर्बाङ जि।विस हलमा सुरु भएको अधिवेशनको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि एवं नेपाली काग्रे्रस बागलुङ क्षेत्र नं ३ की सभासद ज्ञानकुमारी छन्त्यालले गर्नुभएको थियो । क्षेत्रीय अधिवेशन सयोंजक दिपेन्द्र श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा नेपाली काग्रेंसका केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । आज भएको कार्यक्रममा बाग्लुङ् क्षेत्र नम्बर ३ का पुर्ब माननीय सभासद निरज पुन,नेपाली काङ्ग्रेस बाग्लुङका पुर्ब पार्टी सभापति मणिभद्र शर्मा ९कंडेल०,काङ्ग्रस महासमिति सदस्य अर्जन शेरचन,नेपाल तरुण दल केन्द्रीय सदस्य टेकराज शर्मा, समाुनपातिक उम्मेद्वार रेनुका काउचा,पुर्ब क्षेत्रीय सभापति धिरप्रसाद सिँह,तरुणदलका बाग्लुङ् जिल्लाका पुर्ब सभाअध्यक्ष फम बहादुर खत्री,तरुणदलका जिल्ला उपाध्यक्ष मिलन कुँवर,तरुणदलका जिल्ला अध्यक्ष कृष्ण केसी, महासमिति सदस्य हरि आचार्य, नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य हरिदत्त आचार्य, नेपाल शिक्षक संघ जिल्ला सचिब भवानी कंडेल,गुल्मी क्षेत्र नम्बर २ का सयोंजक सुदर्शन शाक्य,नेपाल बिद्यार्थी संघ बाग्लुङ्का पुर्ब अध्यक्ष हरिहर शर्मा लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले बाग्लुङ् क्षेत्र नम्बर ३ की माननीय सभासद ज्ञानकुमारी छन्त्याललाई माघ ८ मै लोकतान्त्रिक सबिंधान निर्माण गर्न आग्रह गर्दै नया नेर्तत्व चयन गर्नु पर्ने कुरामा जोड,दिएका थिए ।
अहिले अधिवेशनको खुल्ला शत्र चलिरहेको र बन्द सत्र भोलि हुने बताइएको छ । अधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि सम्पन्न हुने छ 

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.