"2513058968709111" /> रामपुरदेखी भिमाद काठमाण्डौ बस संचालन गर्ने बिषयमा सहमति ।। - अनिश शर्मा गैरे
Breaking News
recent

रामपुरदेखी भिमाद काठमाण्डौ बस संचालन गर्ने बिषयमा सहमति ।।

मङ्सिर ०७
रामपुरदेखी भिमाद काठमाण्डौ सिधा बस संचालन गर्ने बिषयमा लामो समयदेखि  भएको बिबाद सकिएको छ ।
 रामपुर यातायात समिति रामपुर, आराम यातायात समिति र स्थानिय श्रीङ्गा यातायात समिति भिमादबीच भएको बिबाद  भिमाद प्रहरी चौकीमा बसेको त्रिपक्षिय बार्ता पछि मिलेर यातायत संचालन गर्ने सहमति भएको रामपुर यातायात समितिका अध्यक्ष राजन पोखरेलले जानकारी दिनुभयो । सहमति अनुसार रामपुर यातायात समिति अन्र्तगतको बस बिहान ८बजे रामपुरबाट भिमाद हुदै काडमाण्डौ, काठमाण्डौबाट रामपुरको लागि  बिहान १०बजे  संचालन हुने गरी सहमति भएको छ । त्यसै गरी आराम यातायात समिति र स्थानिय श्रीङ्गा यातायात समिति भिमादले पनि यातायात सेवा मिलेर दिने सहमति भएको छ । सहमति भएपछि असोज १२ गतेदेखि अबरुद्ध रामपुर यातायात समितिका बस संचालन हुने भएपछि यात्रु खुसी भएका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.