"2513058968709111" /> पर्वतका यूवाहरुको जाँगर बाख्रापालनमा,गाउँमै राम्रो आम्दानी गर्दै ।। - अनिश शर्मा गैरे
Breaking News
recent

पर्वतका यूवाहरुको जाँगर बाख्रापालनमा,गाउँमै राम्रो आम्दानी गर्दै ।।

मङ्सिर ०७
पर्वतका ग्रामिण क्षेत्रका यूवाहरु कृषि पेसालाई व्यवसायिक बनाएर गाउँमै राम्रो आम्दानी गर्न सफल भएका छन् ।
तिनै यूवाहरु मध्ये लेकफाँट ६ का बलबहादुर पुन र जितमान पुनले दुई वर्ष अघिदेखि व्यवसायिक बाख्रापालन शुरु गरेर राम्रो आम्दानी गरिरहनु भएको छ । गाउँमै स्थानीय खरि जातका बाख्रापालन शुरु गरेका यि दुई यूवाहरु बाख्रापालनमै राम्रो भविश्य देखेको बताएका छन् ।
दुई वर्ष अघि ४० ओटा बाख्राबाट शुरु गरेकामा अहिलेसम्म एक सय २५ ओटा बाख्रा पुगिसकेको यूवा बलबहादुर पुनले बताउनुभये छ ।
स्थानीइ सामुदायिक वनको पाखो भाडामा लिएर बाख्राको चरन व्यवस्थापन गर्दै आइरहेका यूवाहरुले बाख्राको संख्या बढाएर पाँच सय पु¥याउने लक्ष्य रहेको बताएका छन् । दुर्गम गाउँ भएर पनि आफूहरुले पालेका बाख्राको बजारिकरणमा समस्या नहुने बलबहादुरले बताउनु भयो । उहाँका अनुसार एउटा खशी तथा बोका बिक्रिबाट दश देखि १६ हजार रुपैयाँ सम्म आम्दानी हुँदै आइरहेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.