"2513058968709111" /> गुल्मीमा वाल दिवस मनाईयो - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीमा वाल दिवस मनाईयो

मङसीर ०४
वामी,गुल्मी

हरेक  वर्षको नोभेम्वर २० मा मनाईने अन्तराष्ट्रिय वाल दिवस आज गुल्मीमा पनि विविध कार्यक्रमका विच मनाईएको छ । ‘वालवालिकाका कुरा सनौं , वाल दुव्र्यवहारको अन्त्य गरौं’ भन्ने मुल नाराका साथ सदरमुकाम तम्घासको वाल मन्दिरमा मनाईएको वाल दिवस विशेष कार्यक्रममा विभिन्न वक्ताहरुले वालवालिकाहरुको अधिकारका पक्षमा वाकलत गरेका थिए ।
    कार्यक्रममा जिल्ला वालक्लव सञ्जालकी अध्यक्ष संयोजक विन्ध्या वरालको प्रमुख आतिथ्यता थियो । किशोर अवस्थाकी विद्यार्थी वराललाई प्रमुख अतिथी  गराईएकोमा वालवालिका प्रतिको सम्मान हुनुका साथै कार्यक्रम समेत पृथक देखिएको थियो । वाल संरक्षणका सवालमा  प्रतिवद्धता तथा जिल्ला स्तारिय खुल्ला निवन्ध प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्नेहरुका लागि पुरस्कार वितराण कार्यक्रमामा जिल्ला वाल कल्याण समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले वालवालिकाको अधिकारीका पक्षमा प्रशासन सधैव प्रतिवद्ध रहेको वताएका थिए ।
  राष्ट्रिय तथा अन्तराष्ट्रिय ऐन नियममा भएका व्यवस्थाहरु प्रति समर्थन गर्दै वालवालिकाहरुलाई कुनै पनि वन्द हड्ताल लगायतका क्रियाकलावमा प्रयोग गर्दा हुन सक्ने नकरात्मक असरलाई कम गर्ने उद्देश्यले यस जिल्लामा वालवालिका शान्ति क्षेत्र वनाउन व्यवहारिक  रुपममा लागु गर्न तयारी छौं भन्ने कार्यपत्रमा उल्लेख गरिएको छ ।
  कार्यक्रममा नेकपा एमालेका कार्यवाहका अध्यक्ष मधुकृष्ण पन्त, नेकपा– माओवादीका अध्यक्ष विरबहादुर कार्की, राप्रपाका टोपबहादुर बस्नेत, राष्ट्रि«य जनमोर्चाका अध्यक्ष जिवन राना, निमित्त स्थानिय विकास अधिकारी भक्तीराम मरासीनी, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, महासचिव कृष्णप्रसाद पोखरेल लगायतको आतिथ्यता थियो ।
जिल्ला स्तरिय निवन्ध प्रतियोगितामा प्रतियोगिामा त्रिभुवन उच्च माध्यामिक विद्यालयकी छात्रा विनिता गौतम प्रथम, द्धितिय भाडगाउँ मा. वि. अर्खलेका छात्र सन्तबहादुर  खत्री, तृतिय श्रृङ्गा जनता उच्च मावि दिगाम २ का सोमनाथ अर्याल, भएका छन् । उनिहरुलाई क्रमशः ५ हजार, तिन हजार  र २ हजार नगद पुरस्कार र प्रमाण पत्र दिईएको थियो ।
  विभिन्न विद्यालयका छात्र छात्रा सहित तम्घास वजारमा प्रभातफेरी कार्यक्रम समेत गरिएको थियो । प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको अध्यक्षता रहेको कार्यक्रममा वालवालिका तथा महिला विकास अधिकृत प्रतिभा पन्थीको स्वागत मन्तव्य र   वाल संरक्षण  अधिकृत झविन्द्र गैरेको सञ्चालन रहेको थियो

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.