"2513058968709111" /> बागलुङको दर्लिङमा दलित बने पुजेरी ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बागलुङको दर्लिङमा दलित बने पुजेरी ।।

मङिसर ११
बागलुङको दर्लिङमा आज एक दलितले बेद पढी पुजाआजाको सुरुवात गरेका छन् ।
दर्लिङ गाउँ विकास समिति वडा नं ६ निवासी स्थानीय मनिलाल सुनारले ब्राह्मणले जस्तै खिमबहादुर बि.कको घरमा बेद पढी विष्णु पुजा सम्पन्न गराएका हुन् ।पहिले देखि नै सामान्य पूजा आजा गराउँदै आएका उनले दलितले केही गर्नुहुँदैन,भन्ने मानसिकता, र जातिय छुवाछुतको कारण समाजबाट बहिष्कार हुनु पर्छ की भनी लुकी छिपी पुजा गर्दै आएका थिए ।तर आज स्थानीय गैरदलितहरुको उपस्थितिमा उनले पूजा गरेका हाम्रा सहयोगी नेत्र छन्त्यालले जानकारी दिनुभयो ।
साथै उनले अब आफुले सुरु गरेको यो कार्य अन्य ठाउँमा रहेका दलितहरुले पनि अनुसरण गरी जातिय भेदभावको अन्त्य गर्नुपर्ने बताएका थिए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.