"2513058968709111" /> वामीमा दुई दिने आँखा शिविर आजबाट सुरु,पहिलो दिन २० जना मोतियाबिन्दुको अप्रेशन गरियो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

वामीमा दुई दिने आँखा शिविर आजबाट सुरु,पहिलो दिन २० जना मोतियाबिन्दुको अप्रेशन गरियो ।।

मङिसर ११
गुल्मीको वामीमा आजदेखि दुई दिने निशुल्क आँखा शिविर सुरु भएको छ ।
रण अम्बिका आँखा अस्पताल भैरवहवाको आयोजना एवं प्राथमिक आँखा उपचार केन्द्र वामीको सहआयोजनामा शिविर सञ्चालन भएको होे । शिविरको पहिलो दिन आज १ सय ११ जनाको सामान्य आँखाको चेकजाँच तथा २० जनाको मोतिया बिन्दुको निशुल्क शल्यक्रिया गरिएको प्राथमिक आँखा उपचार केन्द्रका स्वास्थ्य प्रमुख किरण ढुङ्गानाले जानकारी दिनुभयो ।
आँखा शिविरमा रण अम्बिका आँखा अस्पताल भैरवहवाका डाक्टर सल्मा के.सी सहितको ८ जनाको टोलीले सेवा दिईरहेको छ ।वामीको स्वास्थ्य चौकीमा सञ्चालन भईरहेको शिविर भोलि पनि जारी रहने र कोही आँखा सम्बन्धी समस्या भएका व्यक्तिहरुले भोलि शिविरमा उपस्थित हुन पनि आयोजकले जानकारी दिएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.