मोदीको भ्रमण स्थगित भएकोवारे जानकारी नभएको राजदूत रेको भनाइ ।।
मङसिर ०५
नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण रद्द भएकोवारे अहिलेसम्म आफूहरुलाई कुनै जानकारी नभएको बताउनु भएको छ ।
आज रिपोर्टर्स क्लब नेपालले गरेकोे साक्षात्कारमा राजदूत रेले मोदीले गर्ने भनेको जनकपुर, लुम्बिनि र मुक्तिनाथ भ्रमण रद्द भएको जानकारी नेपाल सरकारको तर्फबाट सार्वजनिक भएको घटनाले आफूलाई अचम्मित बनाएको बताउनुभयो । विदेश मन्त्रालयसँग परामर्श गरेर आधिकारिक जानकारीपछि मात्रै प्रधानमन्त्री मोदीको भ्रमणको कार्यतालिका सार्वजनिक गर्र्नेे जानकारी उहाँले दिनुभयो । कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले नेपालका राजनीतिक दलको हचुवा व्यवहार र अपरिपक्व कुटनीतिका कारण भारतीय प्रधानमन्त्रीको भ्रमण बारे समस्या उत्पन्नभएको दावी गर्नुभयो । उहाँले नेपालका नेताहरु कुटनीतिमा अपरिपक्व भएको भन्दै भारतीय प्रधानमन्त्रीको भ्रमणको विषयमा भएको टिप्पणी अशोभनीय भएको बताउनुभयो ।

No comments: