"2513058968709111" /> भारतीय प्रधानमन्त्रीको उपत्यका बाहिरको भ्रमण रद्द नगर्न सरकारको आग्रह ।। - अनिश शर्मा गैरे
Breaking News
recent

भारतीय प्रधानमन्त्रीको उपत्यका बाहिरको भ्रमण रद्द नगर्न सरकारको आग्रह ।।

मङसिर ०५
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सम्मेलनको क्रममा गर्ने भनिएका काठमाडौं उपत्यका बाहिरका बिभिन्न क्षेत्रको भ्रमण कार्यक्रम रद्द नगर्न सरकारले भारतसँग आग्रह गरेको छ । नेपालका लागि भारतीय राजदूत रञ्जित रे मार्फत जनकपुर, लुम्बिनी र मुक्तिनाथको पूर्वनिर्धारित भ्रमण कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री बिमलेन्द्र निधीले जानकारी दिनुभयो । जनकपूरको बाह्रबिघा मैदानमै मोदीको सम्बोधन राख्ने तयारी भइरहेको पनि भौतिक पूर्वाधारमन्त्री निधीले बताउनुभयो । जनकपुर लगायत राजधानी बाहिरका सबै क्षेत्रमा भारतीय प्रधानमन्त्रीले सार्क सम्मेलनको बेला गर्ने भनिएका भ्रमण कार्यक्रम रद्द भएको बिज्ञप्ति पनि हिजो मन्त्री निधीले नै जारी गर्नु भएको थियो । प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले पनि भारतीय राजदूताबास र परराष्ट्र मन्त्रालय मार्फत मोदीको उपत्यका बाहिरको भ्रमणको सबै सुरक्षा तयारी भइसकेकाले रद्द नगर्न भारतीय पक्षसँग आग्रह गर्नु भएको बुझिएको छ । हिजो सरकारको तर्फबाट मन्त्री निधीले बिज्ञप्ति मार्फत मोदीको भ्रमण रद्द भएको जानकारी गराउनु भए पनि परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय र भारतीय दूताबासले भने आफूहरुलाई त्यस बारेमा कुनै जानकारी नभएको बताउँदै आएका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.