"2513058968709111" /> संवाद समिति सभापति भट्टराई आज पनि परामर्शमा ।। - अनिश शर्मा गैरे
Breaking News
recent

संवाद समिति सभापति भट्टराई आज पनि परामर्शमा ।।

मङसिर ०५
भावी संविधानका विवादित विषयमा सहमति जुटाउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले आज पनि राजनीतिक परामर्शलाई जारी राख्नुभएको छ । भट्टराईले पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा र एमालेका उप–महासचिव तथा सभासद् विष्णुप्रसाद पौडेलस“ग संवाद समितिमा देखिएको गतिरोध अन्त्यका विषयमा छलफल गर्नु भएको हो । नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफूहरुको साझा प्रस्ताव संविधानसभामा पठाउन आग्रहगर्दै आफूलाई हस्ताक्षर बुझाउनु गलत भएको धारणा आजको भेटमा नेताहरुले राखेको दावी भट्टराईको निजी सचिवालयले गरेको छ । भेटकाक्रममा नेताहरुले उपसभापति पौडेलले बुझाएको हस्ताक्षरको कानूनी र संवैधानिक हैसियत नभएको र राजनीतिकरुपमै समस्याको समाधान खोज्न सुझाव दिएको सभापति भट्टराईको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेछ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.