"2513058968709111" /> श्रीलंकाका राष्ट्रपति राजापाक्षेलाई लुम्बिनीमा नागरिक अभिनन्दन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

श्रीलंकाका राष्ट्रपति राजापाक्षेलाई लुम्बिनीमा नागरिक अभिनन्दन ।।

मङिसर ०९
श्रीलंकाका राष्ट्रपति महेन्द्रा राजापाक्षेले आज बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ ।
दक्षिण एशियाली सार्क शिखर सम्मेलनमा सहभागी हुन काठमाडौ आए लगत्तै त्रिभुबन अन्तर्राष्ट्रिय बिमानस्थलबाट सोझै हेलिकोप्टरमा उहाँ लुम्बिनी आउनुभएको हो । राष्ट्रपति राजापाक्षेसहित अन्य मन्त्री र केही बिशिष्ट पाहुना ३ वटा हेलिकोप्टरमा लुम्बिनी आएका थिए । उहाँलाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा स्यांग्बो शेर्पा, सदस्य सचिव अजित मान तामाङ लगायतले स्वागत गर्नुभएको थियो । लगत्तै राष्ट्रपति राजापाक्षे सिधै मायादेवी मन्दिर पुग्नुभयो । त्यहाँ लुम्बिनी विकास कोषका कोषाध्यक्ष ओम प्रसाद अर्याल सहितको टोलीले स्वागत गरेको थियो । राष्ट्रपति राजापाक्षेले करिब पाँचमिनेट मायादेवी मन्दिर र अशोक स्तम्भ अवलोकनमा व्यतित गर्नुभयो भने मायादेवी मन्दिर परिसरमा शान्तिदीप समेत प्रज्वलन गर्नुभयो । राजापाक्षे मायादेवी मन्दिर परिसर अघि रहेको बोधी वृक्षमा बिशेष कार्यक्रममा पनि सहभागी हुनुभएको थियो । त्यसक्रममा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले उहाँलाई नागरिक अभिनन्दन सहितको उपहार टक्र्याउनुभएको थियो । त्यस्तै लुमिबनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा स्यांग्बो शेर्पाले बुद्धको प्रतिमूर्ति र मायादेवीको चित्र अंकित थान्का पनि श्रीलंकाका राष्ट्रपति राजापाक्षेलाई प्रदान गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.