"2513058968709111" /> बुर्तिबाङको निसीभुजी जनता क्याम्पसको परीक्षामा निरीक्षकको चरम लापर्वाही ः एउटाले चिट चोर्ने, अर्कै विद्यार्थीलाई रेस्टिकेट ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बुर्तिबाङको निसीभुजी जनता क्याम्पसको परीक्षामा निरीक्षकको चरम लापर्वाही ः एउटाले चिट चोर्ने, अर्कै विद्यार्थीलाई रेस्टिकेट ।।

मङिसर ११
   बुर्तिबाङ स्थित निसीभुजी जनता क्याम्पसमा सञ्चालित स्नातक तह प्रथम वर्षको आंशिक परीक्षामा निरीक्षकबाट चरम लापर्वाही हुँदा एउटा विद्यार्थीलाई रेस्टिकेट गर्नुपर्नेमा अर्कै विद्यार्थीलाई रेस्टिकेट गरिएको खुलासा भएको छ ।
  गत मंसिर ८ गतेको बी.एड् प्रथम वर्षको अग्रेजी मूल विषयको परीक्षामा हल नं. “बी”मा निरीक्षकमा खटिएका क्याम्पसका शिक्षक एव. जनता सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल मोहन विक्रम सापकोटाले करिव आधाघण्टा समय बाँकी रहँदा सिम्बोल नम्बर ९०३१७०१२६ की छात्रा यमकला चालिसेको हातबाट चिट भेटाएपछि उत्तरपुस्तिका खोसेर पठाएका थिए । त्यसपछि परीक्षाको निर्धारित समय सकिएपछि उत्तरपुस्तिका बुझाएकी सिम्बोल नम्बर ९०३१७००८६ की निर्दाेष छात्रा मिरा कुमारी सुनारको उत्तरपुस्तिकामा उक्त चिट टाँस गरि  केन्द्राअध्यक्ष ऋषिराम शर्मा र पर्यवेक्षकमा खटिएका धौलागिरी बहुमुखी क्याम्पसका सह प्राध्यापक रामप्रसाद उपाध्यायलाई रेस्टिकेटका लागि सिफारिस गरेका थिए ।
      नियोजित रुपले उत्तरपुस्तिका परिवर्तन गरि निरीक्षक मोहन विक्रम सापकोटाको सिफारिसका आधारमा रेस्टिकेट गरिन पुगेकी निर्दाेष छात्रा मिरा कुमारी सुनारको उत्तरपुस्तिकामा केन्द्राअध्यक्ष, पर्यवेक्षक र निरीक्षले मुचुल्का बनाई हस्ताक्षेर गरि छुट्टै पोकामा लाहाछाप गरि प्याकिङ गर्नपुगे भने वास्तविक चिट चोरेकी छात्रा यमकला चालिसेको उत्तरपुस्तिका अरु विद्यार्थीकै कापीको पोकामा राखेर प्याकिङ गरियो ।
  केही समयपछि रेस्टिकेट भएको विद्यार्थीको नाम के हो ? र कति सिम्बोल नम्बरको हो भनी केन्द्राअध्यक्ष र पर्यवेक्षकले खोजीनिती गरे पछि मात्र वास्तविक कुरा खुलासा भयो । मिरा कुमारी जस्तो अनुशासित छात्रा कसरी रेस्टिकेट भयो भनी थप अनुसन्धान जारी रह्यो । आखिर निरीक्षकमा खटिएका मोहन विक्रम सापकोटाले नै उत्तरपुस्तिका परिवर्तन गरि निर्दाेष विद्यार्थी मिरा कुमारी सुनारलाई रेस्टिकेट गरेको कुरा खुलासा हुन पुग्यो । सोही परीक्षा हलमा खटिएका अर्का निरीक्षक पूर्ण प्रसाद सापकोटाबाट समेत यथार्थ वयान आएपछि उत्तरपुस्तिका परिवर्तन गरि अर्कैलाई रेस्टिकेट गरेको विवरण खुलासा भयो ।
        उता चिट चोरेकी छात्रा यमकला चालिसेलाई समेत केन्द्राअध्यक्ष र पर्यवेक्षक लगायतले वयान लिएपछि आफुले चिट चोरेको स्वीकार गर्दै चिट चोर्नु गल्ती भएको र आफ्नो ठाउँमा आफ्नै निर्दाेष अर्काे साथीलाई रेस्टिकेट गर्न नहुने बताएकी छिन् ।  निरीक्षक मोहन विक्रम सापकोटाले आफूले नियतबस अर्कैलाई रेस्टिकेट गर्न खोजेको नभई मानवीय त्रुटीका कारण उत्तरपुस्तिका परिवर्तन हुन पुगेको भन्दै आफ्नो गल्तीलाई स्वीकार गर्न पुगेका छन् ।
     उता पिडीत छात्रा मिरा कुमारी सुनारलाई परीक्षा सकिएको २ दिनपछि मात्र अकस्मात यो खबर आफुलाई थाहा भएपछि निकै दुखीत भएको बताएकी छिन् । उत्तरपुस्तिका परिवर्तन गरि अर्काले
 चोरेको चिटलाई आफ्नो उत्तरपुस्तिकामा टाँस गरि आफूलाई नियतबस रेस्टिकेट गराउनु अन्याय भएको बताउँदै आफूले न्याय पाउँ भनी र दोषीमाथि कार्वाहीको माग गर्दै केन्द्राअध्यक्षलाई उजुरी दिएकी छन् । उनी विद्यालय कालदेखि नै अत्यन्त अनुशासित र मिहिनेती छात्रा हुन् । कक्षा ८ को जिल्लास्तरिय परीक्षामा समेत सर्वाेउत्कृष्ट भएकी उनी २०६६ सालको एस.एल.सी. परीक्षामा समेत प्रथम श्रेणीमा उत्तीर्ण भएकी थिइन् भने उत्तरगंगा उच्च मा.वि. बुर्तिबाङबाट हालसम्म प्रथम श्रेणीमा कक्षा ११ र १२ उत्तीर्ण गर्ने उनी एक मात्र विद्यार्थी हुन् । गत वर्ष आफू सुत्केरी भएका कारण उक्त विषयको जाँच दिन पाएकी थिइनन् ।
    वास्तविक कुरा खुलस्त भएपछि पर्यवेक्षक राम प्रसाद उपाध्यायले पनि उक्त त्रुटिलाई सच्चाउनु पर्ने भन्दै उत्तरपुस्तिका नलिई गएका छन् भने उत्तरपुस्तिकाहरु इलाका प्रहरी कार्यालय बुर्तिबाङमै थन्किएर बसेका छन् । परीक्षा नियन्त्रण कार्यालय पोखराका सह नियन्त्रक उदयराज घिमिरेले केन्द्राअध्यक्ष, पर्यवेक्षक सहित उत्तरपुस्तिका लिएर तुरुन्त आउन निर्देशन दिनुभएको बताइएको छ  । यथार्थ विवरणका आधारमा निर्दाेष विद्यार्थीलाई न्याय दिलाई दोषीमाथि कार्वाही हुने उहाँले बताउनु भएको छ । त्यसैगरि केन्द्राअध्यक्ष ऋिषिराम शर्माले पनि निरीक्षकबाट भएको त्रुटिलाई सच्चाई दोषीमाथि कार्वाही हुने बताउनु भएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.