"2513058968709111" /> घरघरबाट पैसा उठाएर बाग्लुङ खुङ्गाका स्थानीयवासीले गाउँमा सडक पु¥याए ।। - अनिश शर्मा गैरे
Breaking News
recent

घरघरबाट पैसा उठाएर बाग्लुङ खुङ्गाका स्थानीयवासीले गाउँमा सडक पु¥याए ।।

मङिसर ११
  घरघरबाट पैसा उठाएर बाग्लुङ खुङ्गाका स्थानीयवासीले गाउँमा सडक पु¥याएका छन् ।
सडक सञ्जालले नजोडेको हुन्द्राफेँदीदेखि छोरेगाउँ हुँदै खुङ्गा देउरालीसम्म सडक पुगेको छ । त्यसक्षेत्रका ४१ घरधुरी मिलेर सडक निर्माण गरेका हुन् । यसअघि बुर्तिवाङदेखि हुन्द्राफेँदीसम्म मात्र सडक जोडिएको थियो । १३ किलोमिटरको सडक करिब १६ लाखको लागतमा बनेको उपभोक्ता समितिका अध्यक्ष थमबहादुर घर्तीले जानकारी दिनुभयो । सडक बनाउन स्थानीयवासीले मात्र ११ लाख खर्चेका छन् भने जिल्ला विकास समितिको दुई लाख ९६ हजार र गाविसको रु दुई लाख परेको अध्यक्ष घर्तीले बताउनुभयो ।
बुर्तिवाङदेखि घण्टौँको उकालो चढेर पुुगिने खुङ्गा देउरालीमा सडकले गर्दा अहिले डेढ घण्टामा नै पुग्न सकिने भएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.