"2513058968709111" /> जुम्लाका ५ वटा सरकारी कार्यालयका फाइल अख्तियारको नियन्त्रणमा ।। - अनिश शर्मा गैरे
Breaking News
recent

जुम्लाका ५ वटा सरकारी कार्यालयका फाइल अख्तियारको नियन्त्रणमा ।।

मङिसर ११
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाका ५ वटा सरकारी कार्यालयका फाइल नियन्त्रणमा लिएको छ ।
सहन्यायाधीवक्ता गीताप्रसाद तिम्सिना नेतृत्वको टोलीले जिल्ला विकास समिति, शिक्षा, स्वास्थ्य र पशु सेवा कार्यालय तथा कर्णाली प्राविधिक शिक्षालयका फाइल नियन्त्रणमा लिएरको हो । कर्णाली प्राविधिक शिक्षालयमा बनेको नयाँ भवन मापदण्ड विपरित बनेको हुनसक्ने आशंकाले कागजपत्र नियन्त्रणमा लिइएको सहन्यायाधीवक्ता गीताप्रसाद तिम्सिनाले जानकारी दिनुभयो । सहन्यायाधीवक्ता तिम्सिनाले जिल्ला स्वास्थ्य कार्यालय जुम्लाबाट औषधि तथा अन्य सामाग्री खरिद गर्दाका कागजपत्रहरु नियन्त्रणमा लिइएको बताउनुभयो । प्रारम्भिक अनुसन्धानबाट औषधि तथा सामाग्री खरिदमा अनियमितता भएको पाइएपछि कागजपत्र नियन्त्रणमा लिइएको उहाँको भनाइ छ । जिल्ला विकास समिति मातहतको ड्रिल्प परियोजनाका केहि फाइल समेत नियन्त्रणमा लिइएको टोलीले जनाएको छ । जिल्ला शिक्षा कार्यालयबाट दिवा खाजा कार्यक्रम तथा दलित छात्रबृत्ति वितरणमा अनियमितता भएको पाइएपछि त्यस सम्बन्धी फाइल पनि नियन्त्रणमा लिइएको छ । विद्यालयले दशैं विदा परेको महिनामा समेत विद्यार्थी बीसै दिन हाजिर भएको देखाएको पाइएपछि अनुसन्धानका लागि कागजपत्र लिनु परेको उहाँको भनाइ छ । टोलीले गाविस सचिवहरुसँग छलफल गरेर उनीहरुलाई तत्काल कार्यक्षेत्रमा जान निर्देशन समेत दिएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.