"2513058968709111" /> इबोलाबाट बच्ने पाँच सरल तरिका - अनिश शर्मा गैरे
Breaking News
recent

इबोलाबाट बच्ने पाँच सरल तरिका

इबोला विश्वको सबैभन्दा खतरनाक भाइरसमध्ये एक हो । यसका कारण अफ्रिकामा धेरैले ज्यान गुमाइसकेका छन्, भने नेपालमा उच्च सतर्कता अपनाइएको छ । तर, विशेषज्ञहरुले भने इबोलाबाट बच्ने सहज पाँच तरिका रहेको बताएका छन् ।
१। साबुन पानी
आफ्नो हातलाई साबुन र पानीले धुनुहोस् । हातलाई सुकाउन सफा रुमाल प्रयोग गर्नुस् । भाइरसलाई मार्ने यो सहज तरिका हो । हात धुनका लागि कुनै खास साबुन आवश्यक पर्दैन ।
प्लान इन्टनेशनका डाक्टर उन्नी कृष्णनले बीबीसी अफ्रिकासँग भनेका छन् कि हात मिलाउनबाट बच्नुस् । किनकि यो भाइरस शरीरको सीधा सम्पर्कबाट तीब्र रुपमा फैलिन्छ ।
२। टाढा रहनुस्
यदि तपाईलाई कुनै व्यक्तिलाई इबोला संक्रमणको शंका छ भने उनलाई नछुनुहोस् । यो भाइरस दिशा(पिसाव, रगत, बान्ता, आँशु, शुक्राणु र महिलाहरुको मासिक रुपमा हुने रत्तश्रावको रगतको सम्पर्कबाट फैलिन्छ ।
यो रोगको लक्षण अचानक ज्वरो आउनु, कमजोरी, मांसपेशी दुख्नु हो । यस्तो भएमा जति सकिन्छ छिटो डाक्टरलाई सम्पर्क गर्नुपर्छ ।
३। शवबाट टाढा रहनुस्
भ्दयबि(मभबतज(दयमथ
यदि कुनै व्यक्तिको मृत्यु इबोला भाइसरका कारण भएको छ भने उनको शरीरलाई नछुनुहोस् । विरामी व्यक्तिको तुलनामा मृत व्यक्तिबाट भाइरसको संक्रमणको खतरा अधिक हुन्छ ।
आवास क्षेत्रमा शव छोड्न खतरनाक हुन्छ । यसैले शवलाई उठाउन सम्वन्धित विज्ञलाई बोलाउनुस् ।
४। मासु नखानुस्
शिकार खेल्ने र जनावरलाई नछुनुहोस् । बाँदर, चिम्पान्जी लगायतको मासु नखानुुस् । किनकी बैज्ञानिकहरु भन्छन्, यीनै जनावरका कारण मानिसहरुलाई इबोला भाइरसको संक्रमण आएको हो ।
साथै खानालाई सही रुपमा पाक्ने गरी पकाएको छ छैन सुनिश्चित गर्नुस् ।
५। नआत्तिनुहोस्
हल्ला फैलाउनाले त्राश बढ्छ । यसैले स्वाथ्यकर्मीहरुसँग नडराउनुस् , जसले तपाईलाई सहयोग गर्छ ।
अस्पताल कुनै पनि बिरामीका लागि राम्रो ठाउँ हो । जहाँ उनीहरुलाई पानीको कमीबाट बताउन सकिन्छ र दुखाइ कम गर्ने औषधिसमेत दिइन्छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.