"2513058968709111" /> वामी विश्व सम्पर्क मञ्च द्धारा संकलित रकम एक बिरामी ब्यक्तिलाई एक कार्यक्रमका बिच हस्तान्तरण ।। - अनिश शर्मा गैरे
Breaking News
recent

वामी विश्व सम्पर्क मञ्च द्धारा संकलित रकम एक बिरामी ब्यक्तिलाई एक कार्यक्रमका बिच हस्तान्तरण ।।

अनिश गैरे,सामुदायिक रेडियो पुष्पाञ्जली, वामी टक्सार,गुल्मी
कार्तिक १९
वामी विश्व सम्पर्क मञ्च द्धारा संकलित रकम एक बिरामी ब्यक्तिलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । वामी टक्सार स्वास्थ्य चौकीमा सम्पन्न भएको कार्यक्रममा विश्वभरी छरीएर रहेका नेपाली नागरीक बाट सङकलन गरीएको ११ लाख १ हजार ६ सय  ३५ रुपैया रकम मध्ये वामी ७ पुराना गाँउ निबासी करिब ४२ बर्षिया महिला बेलीकला गौतम को स्वास्थ्य उपचार को लागी ७ लाख १ हजार ६ सय ३५ रुपैया बिरामी लाई हस्तान्तण गरिएको मञ्चका अध्यक्ष ज्ञानहरी सापकोटाले जानकारी दिनुभएको छ । बेलीकला बिगत ३ बर्षदेखी बिरामी हुनुहुन्थ्योे । सोहि कार्यक्रममा ,नेकपा एमाले जिल्ला कमिटि गुल्मीका सचिब सोमनाथ सापकोटा, लोकतात्रिक महिला सञ्जाल गुल्मीकी अध्यक्ष बिष्णु सापकोटा ,पत्रकार प्रेम सुनार, नेपाली काङग्रेसका गाँउ कार्य समिति वामीका सभापति कृष्ण हरी सापकोटा ,उद्योग बाणिज्य सँघ वामीका अध्यक्ष सुदर्सन साक्य, नेकपा एमाले गाँउ कमिटि वामीका अध्यक्ष नारायण सापकोटा , एकिकृत नेकपा माओवादीका बसन्त  कार्की, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सुन्दर प्रधान , तथा बावु राम खराल , वडा नागरीक मञ्च वामीका संयोजक रामचन्द्र श्रेष्ठ , र ठग बहादुर खत्री , लगायतको  उपस्थित रहेको थियो  । कार्यक्रममा मञ्चका अध्यक्ष ज्ञानहरी सापकोटाको अध्यक्षता तथा मञ्चका सचिब सरोजराज बौद्धाचार्यको सञ्चालानमा सम्पन्न भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.