"2513058968709111" /> आज हरिबोधनी अर्थात ठूलो एकादशी तुलसीको पूजा गरिदै ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आज हरिबोधनी अर्थात ठूलो एकादशी तुलसीको पूजा गरिदै ।।

कार्तिक १७
आज हरिबोधनी अर्थात ठूलो एकादशी ।
हिन्दु धर्मालम्बीहरु बिहानै नदी, तलाउ, धारा र कुवामा गई चोखो पानीले नुहाइ बर्त बसेका छन । आज विहानैदेखि तुलसीको पूजा गरी तुलसी बिवाह गरिदै छ । घरघरमा रहेका तुलसीका मठ सिंगारपटार गरी मठ छेउमा साल, बाँस वा उखु गाडेर तुलसीको विवाह गर्ने चलन छ । घरमा तुलसी नरोप्नेहरु समेत छिमेकी कहां गएर तुलसीको पुजा गर्ने गर्दछन । अक्सिजन बढी दिने र सुगन्ध आउने बनस्पति हुनाले तुलसीलाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ । एकादशीको अवसरमा आज काठमाडौको बुढानिलकण्ठ मन्दिर परिसरमा भक्तजनहरुको ठूलो भीड लागेको छ। बुढानीलकण्ठ मन्दिरमा भगवान विष्णु, शिव र गणेशका छुट्टा छुट्टै मन्दिर रहेका छन । असार महिनामा पर्ने हरिशयनी एकादशीमा सुतेका भगवान विष्णु आज निद्राबाट ब्युझिने र संसार नियाल्ने धामिर्क विस्वास छ । आज बर्तालुहरु तीर्थमा नुहाई तरुल, सकरखण्ड तथा फलफूल मात्रै खाएरु बस्ने गर्छन । खाशगरी कालीगण्डकी किनारका तीर्थस्थलहरुमा स्नान गरी भगवान बिष्णुको अबतार मानिने शालिग्रामको पूजा गरेमा पूण्य मिल्ने धामिर्क बिश्वास छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.