"2513058968709111" /> वामीटक्सारमा सञ्चालित निशुल्क आँखा शिविर आज सकियो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

वामीटक्सारमा सञ्चालित निशुल्क आँखा शिविर आज सकियो ।।

अनिश गैरे, वामी गुल्मी
मङ्सिर १२
गुल्मीको वामीमा विहिवारदेखि सुरु भएको दुई दिने निशुल्क आँखा शिविर आज सम्पन्न भए्को छ ।
रण अम्बिका आँखा अस्पताल भैरवहवाको आयोजना एवं प्राथमिक आँखा उपचार केन्द्र वामी नेपाल रेडक्रस सोसाईटी वामी उपशाखा,उद्योग बाणिज्य संघ वामी शाखा, वामीटक्सार यबा क्लब ,वामी बिश्व सम्पर्क मञ्च तथा वामी स्वास्थ्य चौकी वामीको सहआयोजनामा सञ्चालित शिविरको दास्रो दिन शुक्रबार १ सय ९२ जनाको सामान्य आँखाको चेकजाँच तथा १४ जनाको मोतिया बिन्दुको निशुल्क शल्यक्रिया गरिएको प्राथमिक आँखा उपचार केन्द्रका स्वास्थ्य प्रमुख किरण ढुङ्गानाले जानकारी दिनुभयो । भने हिजो सञ्चालित शिबिरमा १ सय १४ जनाको सामान्य चेकजाँच तथा २० जनाको मोतियाबिन्दुको अप्रेशन गरिएको थियो । आँखा शिविरमा रण अम्बिका आँखा अस्पताल भैरवहवाका डाक्टर सल्मा के.सी सहितको ८ जनाको टोलीले सेवा दिएको थियो । शिविरमा गुल्मीको वामी,मुसिकोट,वडागाउँ तथा छिमेकी जिल्ला बागलुङका आँखाका विरामीहरुले समेत लाभ लिएका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.