"2513058968709111" /> आँखा शिविर आज सकिने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आँखा शिविर आज सकिने ।।

मसिंर १२ गुल्मी
गुल्मीको वामीमा विहिवारदेखि सुरु भएको दुई दिने निशुल्क आँखा शिविर आज सकिने भएको छ।
रण अम्बिका आँखा अस्पताल भैरवहवाको आयोजना एवं प्राथमिक आँखा उपचार केन्द्र वामीको सहआयोजनामा सञ्चालित शिविरको पहिलो दिन बिहिवार १ सय ११ जनाको सामान्य आँखाको चेकजाँच तथा २० जनाको मोतिया बिन्दुको निशुल्क शल्यक्रिया गरिएको प्राथमिक आँखा उपचार केन्द्रका स्वास्थ्य प्रमुख किरण ढुङ्गानाले जानकारी दिनुभयो ।
आँखा शिविरमा रण अम्बिका आँखा अस्पताल भैरवहवाका डाक्टर सल्मा के.सी सहितको ८ जनाको टोलीले सेवा दिईरहेको छ ।शिविरमा गुल्मीको वामी,मुसिकोट,वडागाउँ तथा छिमेकी जिल्ला बागलुङका आँखाका विरामीहरुले समेत लाभ लिएका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.