"2513058968709111" /> पर्वतको फलेवास क्षेत्रमा प्रहरीको सक्रियता बढ्दो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

पर्वतको फलेवास क्षेत्रमा प्रहरीको सक्रियता बढ्दो ।।

मङसिर ०५
फलेवास क्षेत्रका गाबिसमा प्रहरीले आफ्नो सक्रियता बढाउँदै लगेको छ । जिल्लाको दोस्रो व्यपारिक केन्द्र मानिने फलेवासमा प्रहरीले रातभरि गस्ती गर्न शुरु गरेको हो ।
 प्रहरीको सक्रियता बढेपछि स्थानियवासीले राहातको महशुस गरेका छन् । फलेवास चौकी राहाले मातहातका गाबिस खानीगाउँ ,देविस्थान ,मुडिकुवा ,कुर्घा,लिमीठाना र ठानामौला लगायतका आधा दर्जन  गाविसमा शान्ती सुरक्षामा सुधार आएको हो । प्रहरीले अहिले दिन र रातको समयमा गस्ती गर्ने थालेपछि ढुक्कले व्यापार गर्न पाएको फलेवास ढिकमा रेश्मी सुनचाँदि पसल सञ्चालन गर्ने मिमु लामगादेले बताए । सुनचाँदि पसल र आधा दर्जन सहकारी र ४ वटा बैँक तथा बित्तिय संस्था रहेको फलेवासमा चोरीका घटनामा प्रहरीको सक्रियताका कारण कमी आएको छ । केहि समय पहिले फलेवास ढिकमा रहेको एक सुनचाँदि पसलमा चोरी भएपछि हतोत्साहि भएका व्यवसायीहरु प्रहरीको सक्रियता बढ्दै गएपछि चोरीका घटना निरुत्साहित भएकोमा खुशी भएका छन् । शान्ती सुरक्षामा मजवुत बनाउँदै लगेको प्रहरीले सामाजिक विकृतीमामा समेत कमी  ल्याएको राहाले  प्रहरी चौकी फलेवासका प्रहरी नायव निरिक्षक रामशरण खत्रीले जानकारी दिनुभयो ।गाउँमा फैलिएको गाँजा खेती अहिले प्रहरीकै सक्रियतामा हराउँदै गएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.