"2513058968709111" /> चितवनमा ट्रक पल्टिदा दुई जनाको मृत्यु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

चितवनमा ट्रक पल्टिदा दुई जनाको मृत्यु ।।

मङसिर ०५
चितवनको दारेचोकमा मिनी ट्रक पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । धादिङबाट चितवनको मुग्लिनतर्फ आउँदै गरेको ग १ ख ४४०३ नम्बरको ट्रक गएराति पल्टिँदा दुर्घटना भएको हो । गोलभेँडा बोकेको ट्रक चितवनको दारेचोक गाविस–४ स्थित नाग्दी खोला नजिकै पल्टिएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा धादिङ सलाङ–२ का अर्जुन नेपाली र गाडीमा सवार पाल्पाका ३५ वर्षका रमेशकुमार श्रेष्ठको ज्यान गएको चितवन प्रहरीले जनाएको छ । उनीहरुको उपचारका लागि भरतपुर ल्याउदै गर्दा बाटैमा ज्यान गएको प्रहरीको भनाइ छ । ट्रक चालक धादिङको सलाङका २९ वर्षका होमनाथ नेपालीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
 
उता खोटाङको दुर्छिम ६ गौरीभिरमा मुस्ताङ जीप दुर्घटना हुदा ६ जनाको मृत्यू भएको छ, भने ९ जना घाईते भएका छन् ।
हलेसी महादेवस्थानको दर्शन गरी फर्केका दर्शनयात्री चढेको मे १ ज ७३२ नम्बरको मुस्ताङ जीप भिरवाट करिब २ सय मिटर तल खसेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुंगा च्यानम २ का ५६ वर्षीय टंक राई, सिन्धुली लिम्पाटार ४ की ६५ वर्षीया पुर्णमाया मगर, सोही ठाउँकी करिब ३७ वर्षीया चन्द्रमाया कार्की चन्द्रमाया तामाङ, नुवाकोट पञ्चकन्याका ३८ वर्षीय रोबहादुर पण्डित र उनकी ३५ वर्षीया श्रीमती सरस्वती पण्डित रहेका छन् ।दुर्घटना तिब्र गतिका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । आज बाला चतुर्दशीका दिन हलेसी महादेवको दर्शन गरेर फर्किएका भक्तजनहरु दुर्घटनामा परेका हुन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.