"2513058968709111" /> सिस्नुको महत्व थाहा नपाउँदा गाई, भैसीको आहारको रुपमा प्रयोग ।। - अनिश शर्मा गैरे
Breaking News
recent

सिस्नुको महत्व थाहा नपाउँदा गाई, भैसीको आहारको रुपमा प्रयोग ।।

मङसिर ०५
बाजुरामा सिस्नुको महत्व थाहा नपाउदाँ गाई, भैसीको आहारको रुपमा प्रयोग हुने गरेको  छ ।
 सिस्नु मानिसका लागि राम्रो भिटामिन मानिने भए पनि यहाँका स्थानिहरुले आफ्नो लागि उपयोग नगरी गाई भैसीलाई मात्र खुवाउने गरेका छन् । स्वास्थ्यका दुष्टिकोणले पोशिलो मानिने भए पनि स्थानियबासीले यसको महत्व थाहा नपाउँदा खेर गइरहेको सप्रोस नेपाल बाजुराका कार्यालय प्रमुख वैकुण्ठ पौड्याले बताउनुभयो । जिल्लाका सवै ठाउँमा सिस्नो छ्याप्छ्याप्ती पाइन्छ । स्थानियबासीले बजारमा म्याद गुज्रिसकेका चाउचाउ र स्वयविनलाई पैसा हालेर किन्ने गरेता पनि खेतबारीमा उम्रेको सिस्नु सागपातलाई महत्व नदिएको पाइएको छ । बाजुराका वनजंगल र खेतबारीमा जताततै पाउने भए पनि यसको फाईदाको बारेमा ज्ञान नपाउँदा गाई भैसीको आहारको लागि मात्र प्रयोग गर्ने गरिएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.