"2513058968709111" /> बागलुङका किसानहरु व्यवसायिक बन्दै ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बागलुङका किसानहरु व्यवसायिक बन्दै ।।

मङसिर ०५
बागलुङको राङखानी र पैयुँथन्थाप गाबिसका बासिन्दाले सामूहिक तरकारी खेतीबाट राम्रो  आम्दानी गर्न थालेका छन् ।
 गत बर्षदेखी सामूहिक तरकारी खेती गर्दै आएका उनीहरुले मिलेर व्यवसायिक आलु तथा मौसमी तथा वेमौसमी तरकारी खेती गर्दै आएका छन् । परम्परागत शैलीबाट खेती गर्दै आएका किसानहरुले व्यवसायिक बन्दै गएपछि ५० क्विन्टल आलु बेचेर आम्दानी लिएका छन् भने तरकारी खेतीबाट उनीहरुले लाखौँ रुपैँया कमाईरहेको स्थानिय मित्र थापाले जानकारी दिनुभयो । गत अर्थिक बर्षमा जिल्ला कृषि विकास  कार्यालयले बिभिन्न प्राबिधिक सहयोग उपलब्ध गराएपछि उनीहरु व्यवसायिक बनेका हुन् । समूहमा आवद्ध १९ जना किसानहरुले ६ रोपनी जग्गा भाडामा लिएर बाह्रैमास खेती गर्दै आएका छन् । किसानहरुले गोलभेँडा,आलु,करेला, काउली,सिमी, लौका, काँक्रो लगायत अदुवा र बेसार खेती गर्दै आएका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.