"2513058968709111" /> न्वागी मेलाको आज तेस्रो दिन पुरुष भलिबल प्रतियोगीताको उद्घाटन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

न्वागी मेलाको आज तेस्रो दिन पुरुष भलिबल प्रतियोगीताको उद्घाटन ।।

मङसिर ०५
न्वागी मेलाको आज तेस्रो दिनको कार्यक्रम अन्तर्गत पुरुष भलिबल प्रतियोगीताको उद्घाटन गरिएको छ ।
हिँजो मेलाको दोस्रो दिन बाग्लुङ् क्षेत्र नम्बर ३ की सबासद ज्ञानकुमारी छन्त्यालले दिप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।भने आज पुरुष भलिबलको उद्घाटन न्वागी मेलाको लागी हाल सम्मकै सबैभन्दा बढी आर्थिक सहयोग गर्ने व्यक्ति गुल्मी नेटा २ भर्मचौर तथा हाल क्यानडामा बस्दै आउनुभएका धुर्व अर्यालले गर्नुभएको थियो ।पुरुष भलिबल प्रतियोगीतामा १० समुहले नाम दर्ता गरेका छन् जसमध्ये आज ५ समुहको लिगं आउट खेल सम्पन्न भएको छ ।
त्यस्तै सांस्कृतिक प्रस्तुती तर्फ राष्ट्रिय कलाकार विष्णु खत्री,चोलेन्द्र पौड्याल,थानेश्वर गौतम,हास्य टेलीश्रृङखला जिरे खुर्सानीका कलाकार किरण के.सी रातामकै लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।भने यो समाचार तैयार पार्दा सम्म खुल्ला लोक दोहोरी प्रतियोगीता सञ्चालन भैरहेको आयोजकले जानकारी दिएको थियो ।
भ्लिबल कर्यक्रमको सञ्चालन बुद्ध परियारले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.