"2513058968709111" /> धुलिखेलमा रिट्रिट गरेर फर्किए राष्ट्रप्रमुखहरु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

धुलिखेलमा रिट्रिट गरेर फर्किए राष्ट्रप्रमुखहरु ।।

मङिसर ११

सार्कको १८ औं शिखर सम्मेलनका क्रममा सात राष्ट्रका प्रमुखहरु धुलिखेल पुगेर फर्किएका छन् । ठिट्रिटका क्रममा उनीहरुले करिव ५ घण्टा धुलीखेलमा विताएका छन् । बिहान करिव १० बजे धुदिखेल पुगेका राष्ट्रप्रमुखहरु २ बजे फर्किएका थिए । धुलिखेल बसाइृका क्रममा एक अर्काबीच उनीहरुले अनौपचारीक कुराकानी गरेका छन् । भारतका प्रधानमन्त्री  नरेन्द्र मोदी र पाकिस्तानी समकक्षी नवाज सरिफबीच पनि धुलिखेलको द्वारिका रिसोर्टमा अनौपचारिक छलफल भएको छ । धुलिखेलमा पुगेपछि उहाँहरुबीच हात मिलाएरु सामान्य छलफल भएको एक अधिकारीले जानकारी दिनुभयो । धुलिखेलमा राष्ट्रप्रमुखहरुले शान्ति र हरियालीको लागि भन्दै धुलिखेलको रिसोर्टमा धुपीका विरुवा समेत रोपेका छन । बंगलादेशका प्रधानमन्त्री शेख हसिना आखामा समस्या भए पछि धुलिखेल पुग्न सक्नु भएन । धुलिखेल पुग्ने वित्तिकै संयुक्त रुपमा गेटको छेउमा र स्विमिङपुलको साइडमा विरुवाहरु रोपेका थिए । राष्ट्रप्रंमुखहरुलाई नेपाली परिकारहरु खुवाइएको थियो ।


No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.