"2513058968709111" /> फिलिप ह्युजको निधन - अनिश शर्मा गैरे
Breaking News
recent

फिलिप ह्युजको निधन

मङिसर ११
प्रतियोगिताको दौरान गम्भिर घाइते भएका अस्ट्रेलियाका क्रिकट खेलाडी फिलिप ह्युजको उपचारका क्रममा निधन भएको छ ।
 २५ बर्षे ब्याट्म्यान ह्युजको दुइदिनदेखि सिड्नीस्थित एक अस्पतालमा उपचार भइरहेको थियो । उनी गएको मंगलबार न्यु साउथ वेल्स विरुद्धको घरेलु प्रतियोगितामा बलले टाउकोमा लाग्दा गम्भिर घाइते भएका थिए । विपक्षि टिमका खेलाडीले फ्याकेको बलले उनको टाउकोमा लाग्दा उनी घाइते भएका थिए । बलले लागेर भुइमा ढलेका उनलाई तत्काल हेलिकप्टरमार्फत अस्पताल पु¥याइएको थियो । सन २००९ बाट अष्ट्रेलियाको राष्ट्रिय टिममा आवद्ध ह्युजले सन २०१३ को सम्ममा २६ टेष्टमा खेलीसकेका छन् ।


No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.