"2513058968709111" /> आज वामीमा निशुल्क आँखा शिविर सञ्चालन हुँदै ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आज वामीमा निशुल्क आँखा शिविर सञ्चालन हुँदै ।।

मङिसर ११
गुल्मीको वामीमा आज निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
रण अम्बिका आँखा अस्पताल भैरवहवाको आयोजना एवं प्राथमिक आँखा उपचार केन्द्र वामीको सहआयोजनामा शिविर सञ्चालन हुन लागेको हो । शिविरमा आँखा चेकजाँच,मोतिया बिन्दुको निशुल्क शल्यक्रिया लगायतका सेवाहरु प्रदान गरिने प्राथमिक आँखा उपचार केन्द्रका स्वास्थ्य प्रमुख किरण ढुङ्गानाले जानकारी दिनुभयो ।
उक्त आँखा शिविरको लागि रण अम्बिका आँखा अस्पताल भैरवहवाका डाक्टर सल्मा के.सी सहितको ८ जनाको टोली वामी आएको छ ।आँखाको चेक जाँच अहिले ८ बजेबाट सुरु हुने र शल्यक्रिया भने विहान ११ बजेबाट सुरु हुने आयोजकले जानकारी दिएको छ ।शिविर वामीटक्सार स्वास्थ्य चौकीमा सञ्चालन हुने छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.