"2513058968709111" /> पर्वतका ग्रामिण सडकमा तोकिएको भाडा लागु भएन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

पर्वतका ग्रामिण सडकमा तोकिएको भाडा लागु भएन ।।

मङ्सिर ०८
पर्वत जिल्लामा सञ्चालन हुने सार्वजनिक यातायातमा तोकिएको भन्दा तेब्बर भाडा असुल्ने गरिएको छ । जिल्ला स्तरिय अनुगमन समितीले गरेको अनुगमनबाट यस्तो रहस्य खुलेको हो । यात्रुहरुले गुनासो गरेपछि जिल्ला स्तरिय अनुगमन टोलीले बिभिन्न ग्रामिण सडकको अनुगमन गरेपछि यस्तो निष्कर्ष निकालेको छ । सार्वजनिक यातायातहरुको भाडा दर तथा सेवाका सम्बन्धमा जिल्लास्तरीय कार्य दलले डिमुवा,दराक,चित्रे,डिमुवा राम्जाठाँटि, पातिचौर,देउपुर,पातिचौर भुक, पातिचौर पूर्णगाउँ,पातिचौर क्याङ लगायतका रुटमा चल्ने सार्वजनिक यातायातको भाडा दर तोकिएको भन्दा तेब्बर रहेको पाईएको हो । जिल्ला स्तरिय कार्यदलले प्रतिकिलोमिटर ८ रुपैँया ५० पैसा तोकेको भएपनी कार्यन्वयन भएको छैन । जिल्ला स्तरिय कार्यदलले भाडादर निर्धारण गरि यातायात व्यवस्था कार्यालयमा पठाएको भएपनी यातायातमा मनलाग्दि भाडा असुल्ने क्रम नरोकिएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर रविन्द्र तिवारीले बताउनुभयो । अनुगमनको क्रममा प्रतिकिलोमिटर २० देखी २५ रुपैंयासम्मको भाडा यात्रुबाट लिने गरेको भेटिएको अनुगमन समितिले जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.