"2513058968709111" /> लैंगिक हिंसा पीडित पाल्पाका ११ महिलालाई सहयोग ।। - अनिश शर्मा गैरे
Breaking News
recent

लैंगिक हिंसा पीडित पाल्पाका ११ महिलालाई सहयोग ।।


मङ्सिर ०८
पाल्पाका लैंगिक हिंसामा परेका ११ जना महिलालाई नेपाल परिवार नियोजन संघले राहत रकम प्रदान गरेको छ । महिला हिंसा विरुद्धको दिवसको अवसर पारेर संघले महिला तथा बालबालिका कार्यालय र जिल्ला प्रहरीको समन्वयमा ती महिलालाई नगद एक हजारका दरले राहत उपलव्ध गराएको हो । हिंसामा परेका महिलालाई तत्कालिन राहतको व्यवस्थास्वरुप रकम हस्तान्तरण गरिएको हो । जिल्ला प्रहरीमा गत आर्थिक वर्षमा ७४ वटा लैंगिक हिंसामा परेका महिलाहरुले उजुरी दिएका थिए । त्यसमध्ये, सातवटा मुद्दा बहुविवाहका छन् । महिला तथा बालबालिका कार्यालयमा समेत साउन यता १३ वटा निवेदन दर्ता भएको प्रमुख तुलसा अर्यालले बताउनुभयो

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.