"2513058968709111" /> नेपाल तरुण दल बागलुङ क्षेत्र नं ३ को पहिलो क्षेत्रीय अधिेवशन सम्पन्न,अध्यक्षमा होम सिजांली निर्वाचित ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाल तरुण दल बागलुङ क्षेत्र नं ३ को पहिलो क्षेत्रीय अधिेवशन सम्पन्न,अध्यक्षमा होम सिजांली निर्वाचित ।।

अनिश गैरे वामी,गुल्मी
मङिसर ०९
सोमबारबाट सुरु भएको नेपाल तरुण दल बागलुङ क्षेत्र नं ३ को पहिलो क्षत्रीय अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
“वि.पि सपना,शान्ति विकास र सुसासन तरुण साझेदारीको लागि चौँथो राष्ट्रिय अधिवेशन” भन्ने नाराका साथ सोमबारबाट खर्बाङ जि.विस हलमा जारी अधिवेशनमा होम सिजांलीको अध्यक्षतामा ६ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।।अध्यक्ष पदका लागि सहमतिय पक्रियाबाट छनौट गर्न लामो प्रयास गरिएपनि कुरो नमिलेपछि दाबेदार द्धय होम बहादुर सिंजाली र दिपेन्द्र श्रेष्ठ विच चुनाव चलेको थियोे ।तर दिपेन्द्र श्रेष्ठलाई १४ मतान्तरले पराजित गर्दै होम सिंजाली अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो ।कुल ९० मत खसेकोमा होम सिंजालीले ५२ र दिपेन्द्र श्रेष्ठले ३८ मत प्राप्त गर्नुभएको निर्वाचन मण्डलका सयोंजक टिका पाईजाले जानकारी दिनुभयो ।तर उपाध्यक्षमा भवानिशंकर पुन मगर, कोषाध्यक्षमा शीतल केसी,सचिवमा रेसम नेपाली, जिल्ला सदस्यमा रमेश मल्ल र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा शैलेस घर्ती मगर भने निर्विरोध रुपमा चयन हुनु भएको छ ।
कार्यक्रमको उद्घाटन हिँजो नेपाली काग्रेंस बागलुङ क्षेत्र नं ३ की सभासद ज्ञानकुमारी छन्त्यालले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली काग्रेंसका केन्द्रीय स्तरका नेताहरुको उपस्थिति रहेको छ ।े अधिवेशनमा बागलुङ क्षेत्र न ं३ का २० गाउँ विकास समितिका तरुण दलका प्रतिनिधिहरु कार्यक्रममा सहभागी भएका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.