"2513058968709111" /> बागलुङको ग्वालिचौरमा सम्पन्न,न्वागी मेलामा झण्डै ५० लाख बराबरको कारोबार ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बागलुङको ग्वालिचौरमा सम्पन्न,न्वागी मेलामा झण्डै ५० लाख बराबरको कारोबार ।।

अनिश गैरे वामी,गुल्मी
मङिसर ०९
बागलुङको ग्वालिचौरमा सोमबार मात्रै सम्पन्न न्वागी मेलामा झण्डै ५० लाख आर्थिक कारोबार भएको आयोजकले जनाएको छ ।
न्वागी मेलाको अवसरमा सञ्चालित विभिन्न होटल तथा रेष्टुरेन्टहरु,कस्मेटिक व्यापार,फलफुलहरु,तथा अल्का मेला लगायतका अन्य विभिन्न व्यापारबाट झण्डै ५० लाख बराबरको कारोबार भएका अनुमान गरिएको मेला आयोजक संस्था थानपति समाज सेवा युवा क्लव ग्वालिचौर बागलुङका संरक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
म्सिंर ३ गतेबाट सुरु भएको मेलाको समापन सोमबार गरिएको थियो ।गुल्मी र बागलुङका गरी झण्डै २ दर्जन गाउँ विकास समिकिा दर्शकहरुले मेलाको अवलोकन गरेका थिए ।उक्त मेलामा कृषि मेला प्रदर्शनी पनि गरिएको थियो ।न्वागी पर्व पौँदीबासी र ग्वालिचौरबासीले मात्रै मनाउने गरेतापनि पछिल्लो समयमा भने यसलाई राष्ट्रिय पर्व बनाउने कसरत चलिरहेको बताईएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.