"2513058968709111" /> एकीकृत माओवादीले संविधान जारी गरेर संघीयताको विवाद मिलाउने प्रस्ताव मान्न नसक्ने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

एकीकृत माओवादीले संविधान जारी गरेर संघीयताको विवाद मिलाउने प्रस्ताव मान्न नसक्ने ।।

मङ्सिर १३
एकीकृत माओवादीले संविधान जारी गरेर संघीयताको विवाद मिलाउने नेकपा एमालेको प्रस्ताव स्वीकार गर्न नसक्ने एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले बताउनु भएको छ । पार्टी कार्यालय कोटेश्वरमा भएको नियमित पत्रकार सम्मेलनमा संघीयताबिनाको संविधान आफ्नो दलले  कुनै हालतमा स्वीकार नगर्ने शर्माले बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो संघीयताको विवाद संघीय आयोग बनाएर समाधान गर्ने गरि माघ ८ गते संविधान जारी गर्नुपर्ने बताउनुभएको थियो । प्रवक्ता शर्माले एमाले अध्यक्ष ओलीको अभिव्यक्ति २०४७ सालको संविधान ब्युँझाउने खालको भएको बताउनुभयो । शर्माले सबै क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीच एकताको आवश्यकता खड्किएका बेला नेकपा–माओवादी फुटतिर उन्मुख हुनु दुःखद भएको बताउनु भयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.