"2513058968709111" /> एकीकृत नेकपा माओवादीले संविधानसभा छोडे एकीकरण हुने बैद्यको भनाई, नेत्रविक्रम चन्दले नेतृत्वको लोभले नयाँ पार्टी खोलेको आरोप ।। - अनिश शर्मा गैरे
Breaking News
recent

एकीकृत नेकपा माओवादीले संविधानसभा छोडे एकीकरण हुने बैद्यको भनाई, नेत्रविक्रम चन्दले नेतृत्वको लोभले नयाँ पार्टी खोलेको आरोप ।।

मङ्सिर १३
नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले एकीकृत नेकपा माओवादीले संविधानसभा छोडे पार्टी एकीकरण हुने बताउनु भएको छ । आज पत्रकार सम्मेलन गरेर नेकपा माओवादीले मंसिर २५ गते जनसंविधानको अन्तरवस्तुको प्रस्ताव सार्वजनिक गर्ने र फेरी आन्दोलन गर्ने निर्णय गरेको जनाएको छ । नेकपा माओवादीले एकीकृत माओवादीलाई संविधानसभा छोडेर पार्टी एकिकरण गरि आन्दोलनमा जान आग्रह गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष बैद्यले नेत्रविक्रम चन्दले पहिले नेतृत्वका लागि मोलमोलाई गरेको र कुरा नमिले पछि नयाँ पार्टी खोल्ने धम्की दिएको बताउनु भयो । बैद्यले नेतृत्वका लागि बार्गेनिङ गर्नेले क्रान्ती गर्न नसक्ने बताउनु भयो । बैद्यले पार्टीका तत्कालीन सचिव नेत्रविक्रम चन्दले नयाँ पार्टी बनाउनुको कारण नेतृत्वका लागि बार्गेनिङ हो भन्नु भयो । पार्टीसँग सम्वन्ध विच्छेदको विप्लवको प्रस्ताब बैद्य माओवादीले स्वीकार गरिसकेकोले उहाँहरु अब पार्टीको साधारण सदश्य समेत नरहेको बैद्यले बताउनु भयो । नेकपा माओवादीले सरकार र संविधानसभा बिघटन गर्न पनि माग गरेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.