"2513058968709111" /> आज बालाचतुर्दशी वर्षभरीमा दिवंगत भएका आफन्तको आत्मा शान्तीको कामना गर्दे विभीन्न तिर्थस्थलहरुमा सत्बिज छरी मनाईदै ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आज बालाचतुर्दशी वर्षभरीमा दिवंगत भएका आफन्तको आत्मा शान्तीको कामना गर्दे विभीन्न तिर्थस्थलहरुमा सत्बिज छरी मनाईदै ।।

म्ङ्सिर ०५
गल्मी
आज बालाचतुर्दशी वर्षभरीमा दिवंगत भएका आफन्तको आत्मा शान्तीको कामना गर्दे विभीन्न तिर्थस्थलहरुमा सत्बिज छरी यो पर्व मनाईदैछ ।
आज काठमाडौँको पशुपती क्षेत्रमा रहेको श्लेषमान्तक बनमा सत्बिज छर्ने चलन रहेको छ भने देशभरका बिभिन्न घाट तथा नदीको किनारमा आफ्ना दिवंगत आफन्तको आत्मा शान्तीको कामना सहित सत्बिज छरी नुहाउने चलन छ । सत्विजको रुपमा आज विहानसबेरैदेखी जौ धान कालो तील गहुँ तोरी माशसानो केराउ लावा मुला सखरखण्ड पिडालु आदी सत्विजको रुपमा छर्ने चलन रहेको छ ।
सत्बिज छर्नुको अघिल्लो दीन भक्तजनहरुले पितृमोक्षको कामना गर्दे रातभरी महादीप बालेर भजन किर्तन गरि जाग्राम बस्ने गर्दछन् । शतबिज छर्नाले पितृहरुले शद्गति प्राप्त गर्दछन र आफ्ना सन्ततिलाई धनधान्यले सम्पन्न हुने आशिर्वाद दिन्छन भन्ने धार्मिक विश्वास रहेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.