"2513058968709111" /> पौँदीबासीहरुको न्वागी पर्व सकिएसगैं,न्वागी मेलाको आज सभासद छन्त्यालद्धारा उद्घाटन, - अनिश शर्मा गैरे
Breaking News
recent

पौँदीबासीहरुको न्वागी पर्व सकिएसगैं,न्वागी मेलाको आज सभासद छन्त्यालद्धारा उद्घाटन,

प्रक्रियाबाटै भएपनि सबिंधान जारी गर्ने प्रतिबद्धता  ।।
अनिश गैरे,मङसीर ०४
वामी,गुल्मी
पौदीबासी हरुको महान पर्ब न्वागी सुरु भए सँगै हिजोबाट शुरु भएको न्वागी मेलाको आज उद्घाटन गरिएको छ ।
 बाग्लुङ् क्षेत्र नम्बर ३ की सबासद ज्ञानकुमारी छन्त्यालले दिप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गर्नुभएको हो । उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथि छन्त्यालले सहमतीबाट सम्भब नभएमा प्रक्रियाबाट भएपनि माघ ८ मै सबिंधान जारी गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । साथै कार्यक्रममा बोल्दै उहाँले बाग्लुङ क्षेत्र नम्बर ३ को बिकास तथा न्वागी पर्बको संरक्षण र सर्बंधनको लागी आफु सधै प्रतिबद्ध रहने समे बताउनुभएको थियो ।
आज भएको उदघाटन सत्रको कार्यक्रममा राष्ट्रिय कलाकार कालीका रोका लगायत स्थानीय कलकाकारको प्रस्तुती सँगै साँस्कतिक कार्यक्रहरु प्नि सम्पन्न भएका छन् ।कार्यक्रममा नेकपा एमाले अञ्चल कमिटिका सदस्य सुनिल सेरचन,नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य हरि दत्तआचार्य, एकीकृत नेपाल कम्यूनिष्ट पार्टी जिल्ला कार्य समिति राजिव घिमिरे,नेकपा माओवादी जिल्ला कार्य समिति सदस्य अनन्त शर्मा,नेपाली काँग्रेस गुल्मी जिल्ला कार्य समितिका पूर्व सभापति सुदर्शन भुषाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
खार माध्यमिक विद्यालय ग्वालिचौरकी शिक्षिका जीवन घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रममा,स्थानीय बुद्धिजिवी तथा समाजसेवी केशव गौतमको विशेष आतिथ्यता र भानु उच्च माध्यमिक विद्यालयका शिक्षक विष्णु प्रसाद आचार्य र पौँदी टारी निम्न माध्यमिक विद्यालय ग्वालिचौरका शिक्षक सुदर्शन भूषालले गर्नुभएको थियो ।साथै आजै कृषि मेला प्रदर्शनीको उद्घाटन पनि गरिएको थियो भने भोलि पुरुष भलिबल उदटन तथा राष्ट्रिय कलाकार विष्णु खत्री र स्थानीय कलाकारहरुको सागींतिक प्रस्तुती रहने आयोजकले जानकरी दिएको छ ।कार्यक्रम मसिंर ७ गतेसम्म सञ्चालन हुनेछ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.