"2513058968709111" /> शतबीज छरेर बालाचतुर्दशी मनाईयो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

शतबीज छरेर बालाचतुर्दशी मनाईयो ।।

मसिर ०५
मङसिर कृष्ण चतुर्दशीका अवसरमा आज पशुपतिलगायत विभिन्न शक्तिपीठमा शतबीज छरेर बालाचतुर्दशी मनाईएको छ ।
नेपालमा मनाइने विभिन्न धामिर्क संस्कृतिमध्येको बालाचर्तुदशीलाई विषेशगरी सनातन हिन्दू धर्मअन्तर्गत विशिष्ट महत्वको मान्ने गरिन्छ । बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिदै  पृतीको सम्झनामा शतबीज छर्ने गरिन्छ । बालाचर्तुदशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायत देशका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राराम बसी चतुर्दशीको दिन शतबीज छेर्ने प्रचलन रहेको छ । यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ । सप्तबीजका रुपमा धान, जौ, तिल, गहु, चना, मकै, कागुनो छर्ने चलन छ । दिवंगतहरुको नाममा रातभरी बत्ति निभ्न नदिई बाल्दा दिंवगत आत्माले शाति पाउने जनविश्वास पनि रही आएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.