"2513058968709111" /> पर्वतका महिलाहरु तरकारी खेतीमा भविष्य खोज्दै ।। - अनिश शर्मा गैरे
Breaking News
recent

पर्वतका महिलाहरु तरकारी खेतीमा भविष्य खोज्दै ।।

मङ्सिर १२
पर्वत रानीपानी र वर्राचौर गाबिसका युवा महिलाहरुले तरकारी खेतीमा आफ्नो भविष्य खोज्न थालेका छन् । करिव ९ महिना अगाडि गठन भएको ससक्तीकरण युवा महिला समुह र उज्जल भविष्य महिला समुहले सामुहिक रुपमा तरकारी खेती गरेर आम्दानी गर्न थालेका हुन् । उनीहरुले सामुहिक रुपमा काउली बन्दा र टमाटर खेती गरेर गाउँमै आम्दानीको बाटो पहिल्याएका छन् । कोदो मकै र धानले आम्दानी समेत उठाउन नसकेपछि त्यहि खेतमा लगाएको तरकारीले राम्रो आम्दानी दिएको युवा महिला कृषक सरिता श्रेष्ठले बताउनुभयो । सामुहिक रुपमा करिब २ रोपनी जग्गा मौसमी तथा बेमौसमी तरकारी खेती गरेको श्रेष्ठले बताउनुभयो ।दुईवटा महिला समुहका ५० जना महिला कृषकहरुले अहिले तरकारी खेती गरेर प्रत्येकले २५ देखी ३० हजार सम्म आम्दानी गर्न थालेका छन् । तरकारी बेचेर आएको रकम महिलाहरुले कोषमा बचत गर्न थालेका छन्

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.