"2513058968709111" /> कञ्चनपुरमा एचआइभी÷एड्सबाट हालसम्म ११२ जनाको मृत्यु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

कञ्चनपुरमा एचआइभी÷एड्सबाट हालसम्म ११२ जनाको मृत्यु ।।

मङ्सिर १२
कञ्चनपुरमा एचआइभी÷एड्सबाट हालसम्म ११२ जनाको मृत्यु भएको छ ।  हालसम्म भेटिएका ४२६ सङ्क्रमितमध्ये ११२ जनाकोे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।  कार्यालयका अनुसार भारतमा मजदूरी गर्न जाने १९६ र उनीहरुका परिवारका १६५ जना सङ्क्रमित भेटिएका हुन् । एचआइभी सङ्क्रमित आमाबाट जन्मिएका ५१ शिशु, सात यौनकर्मी महिला र एक जना तेस्रो लिङ्गीमा एचआइभी देखिएको जनस्वास्थ्य कार्यालय प्रमुख बलबहादुर महताले बताउनुभयो ।
यस्तै, भारतसंग सीमाना जोडिएको दार्चुला जिल्लामा एचआइभी एड्सको उच्च जोखिममा रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । खुला सीमाना तथा जनचेतना अभावका कारण दार्चुलामा वर्षेनी एचआइभी संक्रमितहरुको संख्या बढ्दै गएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । अपि नरपालिकाको ब्रह्मदेवदेखि दत्तुसम्म मात्रै एक हजार बढि एचआइभी संक्रमित रहेका अस्पताल स्रोतले जनाएको छ ।
तर, एचआइभी एड्का क्षेत्रमा विगत लामो समयदेखि दार्चुलामा काम गर्दै आएको हस्ती एड्स शाखाको तथ्यांक अनुसार जिल्लामा यति धेरै संक्रमितहरु भएपनि अहिलेसम्म २६ जनामात्र खुलेर आएका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.