"2513058968709111" /> पाँैदीबासीहरुले धुमधाम सगं न्वागी पर्व मनाउँदै,पर्व सगैं न्वागी मेला सुरु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

पाँैदीबासीहरुले धुमधाम सगं न्वागी पर्व मनाउँदै,पर्व सगैं न्वागी मेला सुरु ।।

अनिश गैरे,
गुल्मी,मसिंर ३

गुल्मीको पौँदीअमराई र बागलुङको ग्वालिचौर क्षेत्रमा मनाईने न्वागी पर्व आज मनाईँदै छ ।
पौँदीबासी र ग्वालिचौरबासीहरुले यस पर्वलाई आज महान पर्वको रुपमा धुमधाम सगं मनाउँदै छन् ।नयाँ अन्न घर भित्र भित्र्याएको खुसीयालीमा यस क्षेत्रका बासिन्दाहरुले न्वागी मनाउने गर्दछन् ।यस पर्वमा विशेष गरी जडन जातको धानको चामल,सिलाम,केरा,दही,तिल,चिनी आदिको समिस्रणबाट तैयारी पारी न्वागी खाने र आफ्ना आफन्तजनहरुलाई घरमा पाहुनाको रुपमा बोलाई खुवाउने र रमाईलो गर्ने प्रचलन रहेको छ ।
यिनीहरुले न्वागी खाएपछि मात्र नयाँ अन्न प्रयोग गर्ने गर्दछन् ।न्वागीको लागी रोजगारीको शिलशिलामा तथा अन्य शिलशिला घरदेश र परदेशमा रहेका स्थानीयहरु प्नि घर फर्कने गर्दछन् ।प्राचिनकाल देखी नै यस पर्वलाई स्थानीयहरुले मनाउँदै आएपनि आजकल भने यो पर्व मनाउने तरिका फरक बन्दै गएको स्थानीयहरु बताउँछन् ।पहिले न्वागी खाने र भजन कृतन,बाजागाजामा गीत गाएर जाच्ने प्रचलन पछिल्लो समयमा मेलाको रुपमा विकास भएको छ ।अहिले स्थानीयहरुले यस अवसरमा मेलाको नै आयोजन ागर्न थालेका छन् ।मेलालाई व्यवस्थि तगर्नका लागि स्थानीय थानपति समाज सेवा युवा क्लव ग्वालिचौर बागलुङले विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमका साथ कृषि मेला प्रदर्शनी समेत लगायतका कार्यक्रमहरु समेत आयोजन ागर्ने गरेको छ ।
यसरी गुल्मीको पौदीबासी र बागलुङको ग्वालिचौरबासीले मात्रै मनाउँदै आएको यस पर्वलाई पछिल्लो समयमा देशव्यापी रुपमा राष्ट्रिय पर्व बनाउनका लागि पनि स्थानीयहरु लगि परेका छन् ।भिमगिठे उच्च माध्यमिक विद्यालयका प्राचार्य सागर खरेलले यस पर्वलाई राष्ट्रिय पर्व बनाउनका लागि अहिले यहाँका भद्र भलाद्मी,बुद्धिजिवीहरु लागिी परेको बताउनुभयो ।यस पर्वको अवसरमा आयोजना गरिएको यस वर्षको मेला आजबाट सुरु भई मसिंर ७ गते सम्म रहने आयोजकले जनाएको छ ।मेलामा कृषि मेला प्रदर्शनी,खुल्ला पुरुष भलिबल प्रतियोगीता,महिला भलिबल प्रतियोगीता तथा साँस्कृतिक कार्यक्रम तर्फ लोक लागक विष्णु खत्री,गायिका कालिका रोका लगायतका अन्य राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुती रहने बताईएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.