"2513058968709111" /> नेपाल नेत्र ज्योति सघं आँखा उपचार केन्द्र वामीको नियमित बैठक सम्पन्न,यही मसिंर ११ र १२ गते निशुल्क आँखा शिविर हुने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाल नेत्र ज्योति सघं आँखा उपचार केन्द्र वामीको नियमित बैठक सम्पन्न,यही मसिंर ११ र १२ गते निशुल्क आँखा शिविर हुने ।।

अनिश गैरे,
गुल्मी,मसिंर ३
नेपाल नेत्र ज्योति सघं आँखा उपचार  केन्द्र वामीटक्सार गुल्मीको नियमित बैठक आज सम्पन्न भएको छ ।
केन्द्र वामीका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षतामा बसेको बैठकले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि यही मसिंर ११ र १२ गते दुई दिन निशुल्क  आँखा शिविर गर्ने निर्णय गरेको छ ।उक्त शिविरमा  लुम्बीनी नेत्र विज्ञान संस्थान भैरवहवाबाट आँखा विशेषज्ञ सहितको एक टोली वामी आउने जनाएको छ ।उक्त शिविरमा आँखाको जाँच तथा निशुल्क शल्यक्रिया लगायतका सेवा प्रदान गरिने पनि बैठकमा जानकारी गराईएको थियो ।
साथै सोही अवसर पारेर केन्द्रको भवन निर्माणको लागि जग्गादाता कृष्णहरी सापकोटाले प्रदान गर्नुभएको जग्गाको घडेरी निर्माण गर्ने र तत्काल भवन निर्माण कार्य अगाडी बढाउने लगायतका निर्णयहरु गरेको छ ।बैठक प्राथमिक आँखा उपचार केन्द्र वामीका कोषाध्यक्ष दिनेश खातिले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.