"2513058968709111" /> गुल्मीका प्रमुख जिल्ला अधिकारी ढकाललाई बिदाई - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीका प्रमुख जिल्ला अधिकारी ढकाललाई बिदाई

मङिसर ०९
सुशासन अभियान गुल्मीले प्रमुख जिल्ला अधिकारी कमलराज ढकाललाई बिदाई गरेको छ । संस्थाको कार्यालय तम्घास पुतलीबजारमा एक समारोहको आयोजना गरी उहाँलाई बिदाई गरिएको हो । प्रमुख जिल्ला अधिकारी ढकाललाई विदाई गर्दै संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेयले ढकालको गुल्मी जिल्लाको १७ महिने कार्यकाल सफल रहेको बताउनुभयो ।
उहाँले सुशासन तथा विकास सम्झौता (डिपी) मा जिल्ला प्रशासन कार्यालयको तर्फबाट हस्ताक्षर गरी कार्यान्वयनमा समेत महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै जिल्लामा सुशासन कायम गराउने कार्यमा ढकालले महत्वपूर्ण पहल गरेको उहाँले बताउनुभयो ।
बिदाई कार्यक्रममा मन्तब्य राख्दै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले आफ्नो १७ महिने गुल्मी बसाईमा सहयोग पुु¥याएकोमा सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले आफ्नो कार्यकालमा जिल्लामा शान्ति सुरक्षा कायम गराउने कार्यमा यहाँका राजनीतिक दल, संघसंस्था लगायत सबैले सहयोग गरेको उल्लेख गर्दै विधि र विधानमा ब्यवस्था भएअनुसार कार्य सम्पादन गरेको बताउनुभयो ।साथै उहाँले सुशासन अभियान गुल्मीसँग हातेमालो गर्दै सुशासन तथा विकास सम्झौता (डीपी)मा हस्ताक्षर गरेको उल्लेख गर्नुभयो । ढकाललाई सुशासन तथा विकास सम्झौतामा हस्ताक्षर गरी कार्यान्वयनमा योगदान पु¥याएकोले सुशासन अभियान गुल्मीले प्रशंसा पत्र समेत प्रदान गरेको थियो ।
बिदाई कार्यक्रममा सुशासन अभियान गुल्मीका पदाधिकारी सहित उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेय, महासचिव कृष्णप्रसाद पोखरेल, नागरिक समाज गुल्मीका अध्यक्ष गुणानिधी शर्मा, प्राध्यापक संघका अध्यक्ष ढुण्डीराज पोखरेल, गुल्मी युनाईटेड सहकारी संस्थाका ब्यवस्थापक उमानन्द सुवेदी पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष माहाशर्मा भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संचालन कार्यक्रम अधिकृत हीरा कुँवरले गर्नुभएको थियो ।यसैविच सुशासन अभियान गुल्मीको कार्यसमितिको वैठक समेत आजै सम्पन्न भएको छ । वैठकले संस्थाको साधारण सभा यही मंसिर २७ गते शनिवार गर्ने निर्णय गरेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.