"2513058968709111" /> मलिका मन्दिरमा ९ जना रसियन पर्यटकको भम्रण, मन्दिरका लागि नगद २० हजार रकम सहयोग ।। - अनिश शर्मा गैरे
Breaking News
recent

मलिका मन्दिरमा ९ जना रसियन पर्यटकको भम्रण, मन्दिरका लागि नगद २० हजार रकम सहयोग ।।

अनिश गैरे सामुदायिक रेडियो पुष्पाञ्जली वामी टक्सार,गुल्मी
कार्तिक ०९
आज कुर्घा गाविसमा रहेको मालिका मन्दिरमा ९ जना रसियन पर्यटकले पहिलो पटक भ्रमण गरेका छन् । प्राजनीक ट्राभल्स एण्ड ट्रेक्स,काठमाण्डौंको पहलमा रसियन नागरिकले धार्मिक तथा पर्यटकीय महत्व बाकेको मालिका मन्दिरको भ्रमण गरेका हुन् ।

मन्दिर भ्रमणका क्रममा पर्यटकहरुले कुर्घा गाविस  वडा। नम्बर १ र २ मा गुरुङ समुदायले संञ्चालनमा ल्याएको होमस्टेको समेत अवलोकन गरेका थिए ।
अवलोकनका क्रममा आएका पर्यटकलाई गुरुङ समुदायले विभिन्न झाँकी देखाउनुका साथै विभिन्न परिकारहरु खुवाएको होमस्टे संञ्चालक झलक सिंह गुरुङले बताउनु भयो ।
प्राजनीक ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक पदमराज शर्माको पहलमा कुर्घा गाविसमा पर्यटक भित्र्याइएको हो ।
भ्रमण पश्चात पर्यटकहरु खुसी व्यक्त गर्दै कुर्घा गाविस वडा नं ३ मा रहेको मालिका मन्दिरको लागि नगद २० हजार रकम प्रदान गरेका छन् । उनीहरुले
रसियन नागरिक पायनाले मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानु सापकोटालाई रकम हस्तान्तरण गरेका हुन् ।
पर्यटकलाई कुर्घाबासीले भव्य स्वागत गरि विदाई समेत गरेका थिए । 

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.