आज तिहारको अन्तिम दिन भाईटीका लगाईयो , ११ बजेर ३५ मिनेटमा उत्तम साइत ।।
कात्तिक ०८
तिहारको अन्तिम दिन आज परम्परअनुसार दिदीबहिनीबाट दाजुभाइको दीर्घायु, सुख तथा समृद्धिको कामनाका साथ भाइटाीका लगाईउको छ । आज भाइटीकाको साइत बिहान ११ बजेर ३५ मिनेट जाँदा रहेको थियो । सर्व साधारणका लागि तिहारको भाइटीकामा साइत नचाहिने भएपनि साइत नै खोजेर टीका लगाउन चाहनेका लागि यो साइत निकालिएको पञ्चाङ निर्णायक समितिले जनाएको छ । टिकाको साइतका बारेमा बताउदै दक्षिण एसियाली ज्योतिस महासंघका अध्यक्ष डा। लोकराज पौडेलले जानकारी दिनुभयो । दिदीबहिनीले आफना दाजुभाइलाई टीका लगाइदिँदा धार्मिक विधिअनुसार मण्डप बनाई अष्ट चिरन्जीवीका साथै यमराज र यमुनाको पूजा गरी त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लाई नओउलाउने मखमली, सयपत्री र दुबोको माला लगाइ दिएर चिरायुको कामना गर्ने गर्दछन् । पौराणिक मान्यताअनुसार युमनाले आफ्ना दाजु यमरालाई यस दिन विशेष सम्मानपूर्वक पूजाआजाका साथ टीका लगाई दीर्घायुका कामना गरेकी हुँदा त्यसै घटनाको सम्झनामा दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले भाइटीका लगाउने परम्परा चल्दै आएको छ । दिदीबहिनी नहुने दाजुभाइहरूले आज काठमाडौंको रानीपोखरीको बीचमा रहेको यमलेश्वर महादेव मन्दिरमा दर्शन गरी टीका लगाउने चलन छ । प्रत्येक वर्ष यो मन्दिर आज भाइटीकाका दिनमा सर्वसाधारणका लाग खुला गरिन्छ । आज टीका लगाएर खानपान सकेपछि घर घरमा गई श्रीसम्पत्तिको कामना गर्दै देउसी खेल्ने प्रचलन छ । हिजो तिहारको चौथो दिन आज गोवद्र्धन पूजा, हिन्दु नेपालीहरुले गोबरको पर्वत बनाएर गाईगोरुको पूजा गरि मनाइएको थियो । हिजो नै काठमाण्डू उपत्यकालगायत अन्य क्षेत्रमा बसोवास गर्ने नेवार समुदायले आज म्ह पुजा गरेका थिए ।

No comments: