"2513058968709111" /> तिहारको तेस्रो दिन आज, बिहान गाई र साँझ लक्ष्मी पूजा गरिदै ।। - अनिश शर्मा गैरे
Breaking News
recent

तिहारको तेस्रो दिन आज, बिहान गाई र साँझ लक्ष्मी पूजा गरिदै ।।

अनिश गैरे ,वामी ,गुल्मी
कात्र्तिक ०६
तिहारको तेस्रो दिन आज, बिहान गाईको पूजा गरिदैछन भने साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका साथ आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सड्घार, कौसी,अटाली र भ¥याङ लगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । आजको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास पनि छ ।
यसैबीच आज साँझ युवतीहरु समूह बनाई घर घरमा भैलो खेल्ने प्रचलन छ । भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । आज भैलो खेल्न आउनेलाई धान,चामल,फूलमाला,पैसा र सेलरोटीसमेत दिने गरिन्छ ।
हिन्दु नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अवसरमा शुभकामना दिदै प्रधानमन्त्री सुशील कोइरालाले जनताले गरेका आन्दोलनको उपलब्धिका रूपमा प्राप्त संघीयता,गणतन्त्र र समावेशीतालाई संस्थागत गर्ने जिम्मेवारीलाई पूरा गर्न सबै एक जुट हुनुपर्ने उल्लेख गर्नु भएको छ । त्यसैगरी राष्ट्रपति डा रामबरण यादवले शुभकामना सन्देश दिदै संविधानसभाबाट तोकिएको समयमा संविधान प्राप्त भई देशको सार्वभौमिकता, अक्षुणता र स्वतन्त्रता कायम राख्न सफल हुने  विश्वास विश्वास व्यक्त गर्नु भएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.