"2513058968709111" /> तिहारको चहलपहल बढ्दो देउँसी भैलोको रौनक पनि उत्तिकै ।। - अनिश शर्मा गैरे
Breaking News
recent

तिहारको चहलपहल बढ्दो देउँसी भैलोको रौनक पनि उत्तिकै ।।

अनिश गैरे ,वामी ,गुल्मी
कात्र्तिक ०६
हिन्दुहरुको दोस्रो महान पर्व दिपावली भित्रिएसगैं बजारमा चहलपहल निकै नै बढ्न थालेको छ ।
यमपञ्चकको तेस्रो दिन आज लक्ष्मीपूजा गरी घरघरमा लक्ष्मी भित्र्याईएको छ ।यसैबिच तिहारको अवसरमा खेलिने देउसी भैलोको रौनक पनि बढ्दै जान थालेको छ ।विभिन्न ठाउँका देउसी भैलोहरु आफ्नो समुह बनाएर देउसी भैलो खेल्न लागेका छन् ।भने त्यस्तै गाउँ घरमा गठित विभिन्न क्लव तथा समुहहरु प्नि देउसी भैलोको माहोलमा लागि परेका छन्।
वामी लगायत आसपासमा पनि यसको माहोलले ह्वात्तै छोएको छ ।आज वामीका विभिन्न ठाउँतथा बजार चोकहरुमा देउसी भैलोले आफ्नो प्रस्तुती देखाई तिहारको माहोललाई अझै बढाएका छन् ।आज खर्बाङ बाल क्लव खर्बाङ, ,दाजुभाई समुह खर्बाङ लगायतका अन्य थुप्रै समुहले देउसी भैलो प्रस्तुत गरेका छन् ।त्यस्तै युनिटी गाईड्स समुह खर्बाङले पनि आज कुर्घाको भुवाचिदीबाट देउसी भैलो सुरु गरेको समुहका सयोंजक होम सिङ्जालीले बताउनुभयो ।उनीहरु देउसी भैलो खेलेर रमाईलो साथै आफ्नो संस्कति बचाउ गर्ने उद्धेश्यका साथ देउसी भैलोखेलेको बताउँछन् ।
देउसी भैलोको आगमनले तिहारको माहोल झनै बढाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.