"2513058968709111" /> मान्यजनबाट आशिर्बाद लिदै बिजयादशमी मनाईयो ,३०० बर्षपछि नवमी र दबमी एकै दिन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

मान्यजनबाट आशिर्बाद लिदै बिजयादशमी मनाईयो ,३०० बर्षपछि नवमी र दबमी एकै दिन ।।

गुल्मी,अश्विन १७
बडादसैँको दसौँ तथा मुख्य दिन आज आफ्नो मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाईएको छ । दशैं घरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबढा वा मान्यजनहरुबाट टीका र जमरा लगाइन्छ । असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा विजयादशमीलाई लिइन्छ । नेपाल पञ्चांग निर्याण समितिले यस वर्षको बडादशैँको देवी विर्सजनको साईत बिहान ९ बजेर ५५ मिनेटमा र टिकाका लागि १० बजेर ४५ मिनेटमा शुभसाइत रहेको जनाएको छ । तर, आज दिनभर नै टीका लगाउँदा शुभ फल मिल्ने समितिले जनाएको छ ।
विजयादशमीका दिन आफ्नो मान्यजनबाट टिका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ । आजका दिन परिवारका आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टिका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि अटल सौभाग्य तथा दीर्घायुको आशीर्वाद लिने गरिन्छ । निधारभरि दहीमा मुछिएको अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरिन मान्यजनहरुबाट टीका थाप्न जानेहरुको आज विशेष चहलपहल देखिन्छ । आज टीकापछि वर्षमा एकपटक खुट्टाले धर्ती छा्ड्नुपर्ने मान्यताअनुसार पिङ् खेल्ने चलन छ । आजको दिनमा भगवान रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेकाले आजको दिनलाइ विजयादशमी भनिएको हो ।
भगवती दुर्गा र अरू देवीदेवताको नौ दिनसम्म श्रद्धा र भक्तिपूर्वक पूजाआराधना गर्ने क्रममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अटदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देव्रेतिर विजया देवीलाई पुकारेर सोह्र सामग्रीले पूजा गरी जमरालाई पूजा गरेर दुर्गा भवानीलाई चढाइ आरती र पुष्पाञ्जली गरिन्छ । यसैबिच मुसीकोट कोट दारबार मुसीकोट पौदी अमराईमा रहेको छत्रभुमी बिकास प्रतिष्ठान, तथा वामी को वामी कोटमा पनि बिधिबत रुपमा पुजा आरधना गरिएको छ । बिजयादशमीको अन्तिम दिन आँज बिशेष पुजा आरधना सहित बलि दिईएको थियो ।तीन सय वर्षपछि यसपटक नवमी र विजयादशमी एकै दिन परेको छ । नवमी र विजयादशमी एकै दिन परेकाले यसपटक दसैं १३ दिनमात्र हुने भएको हो । तिथिमा आएको घटबढ र दशमी तिथि टुटेकाले यस वर्षको दसैं १३ दिनमात्र हुने भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यसअघि अघिल्ला वर्षहरूमा १५ दिनको दसैं हुने गरेको थियो । आज नवमी तिथि बिहान साढे ६ बजेपछि दशमी लागेको थियो । तर, भोलिपल्ट एकादशी भएकाले विजयादशमी त्यही दिन मनाउने निर्णय भएको समिति अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिनुभयो । बडादसैंको नवौं दिन आज बिहान साढे ६ बजे नै नवमी तिथि सकिने भएकाले बिहानै देशभरि शक्तिस्वरुपा दुर्गा भवानीको पूजाआराधना गरी महानवमी पर्व मनाइयो । आ–आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन काठमाडौं उपत्यकाभित्रका दक्षिणकाली, गुहयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, ब्रजयोगिनी, संकटा, ब्रजबाराहीलगायतका शक्तिपीठमा बलि चढाउन भक्तजनको आज बिहानदेखि घुइँचो लागेको थियो । आजकै दिन दसैंघर र कोतलगायत मुलुकको कुनाकाप्चामा रहेका विभिन्न देवीका मन्दिरमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र सप्तशती पाठ गरियो । शाकाहारीले कुभिन्डो, घिरौंला, मुला र नरिवलको बलि दिएर महानवमी मनाए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.