"2513058968709111" /> गुल्मीको वामी काफलटोलमा एम्बुलेन्स दुर्घटनाहुँदा २ जना घाईते ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीको वामी काफलटोलमा एम्बुलेन्स दुर्घटनाहुँदा २ जना घाईते ।।

अनिश गैरे ,सामुदायिक रेडियो पुष्पाञ्जली ,वामीटक्सार ,गुल्मी
अश्विन १५
गुल्मीको वामी काफलटोलामा एम्बुलेन्स दुर्घटना  हुँदा २ जना सामन्य घाईते भएका छन । अर्लाङ्कोटबाट बिरामी छोडेर वामी टक्सार तर्फ आँउद गर्दा दुर्घटना भएको थियो । लु १ च २५१५ नम्बरको एम्बुलेनस  बिहान १० बजेतिर दुर्घटना भएको हो । चालकको लापरबाहीका कारण एम्बुलेन्स दुर्घटना भर्ई सडकमै पल्टिएको वामी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक घनश्याम ढकालले जानकारी दिनुभयो । दुर्घटनामा परी अर्लाङ्कोटकी २६ बर्षीय महिला कृष्णा कंडेल र आँपचौरकी ४९ बर्षिय राधिका अर्याल घाईते हुनुभएको छ । घाईतेहरु सामान्य उपचार पश्चात घर फर्किएको प्रहरी सहायक निरिक्षक घनश्याम ढकालले बताउनुभयो । चालक फरार रहेको र दुर्घटना बारे थप अनुसन्धान भईरहेको ढकालले जानकारी दिनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.