"2513058968709111" /> दशैँ नजिकिदै गर्दा वामीमा चहलपहल बढदै वामी प्रहरी सर्बसाधारण लाई सचेत रहन आग्रह ।। - अनिश शर्मा गैरे
Breaking News
recent

दशैँ नजिकिदै गर्दा वामीमा चहलपहल बढदै वामी प्रहरी सर्बसाधारण लाई सचेत रहन आग्रह ।।

अनिश गैरे, सामुदायिक रेडियो पुष्पाञ्जली , वामी टक्सार,गुल्मी
आश्विन १३
हिन्दुहरुको महान पर्व बिजयादशमी नजिकिदै गर्दा वामीटक्सार तथा यस आसपासमा  चहलपहल बढदै जान थालेको छ ।
दशै सुरु हुन अब केही दिन मात्रै बाँकी रहँदा विभिन्न शिलशिलामा देश तथा बिदेशमा रहेका स्थानीयहरु घर फर्कने क्रम बढे संगै चहलपहल बढ्दै गएको हो ।त्यस्तै दशैले बजारमा दैनिक उपभोग्य सामानको किनमेल पनि बढेको छ भने दशैको बेलामा प्रयोग गरिने विभिन्न रङरोगनका समानहरुको किनमेल पनि बढ्दै र्गएकोले चहलपहल बढेको हो ।गत जेष्ठ देखि अवरुद्ध भएको रिडि रुद्रवेणी वामीटक्सार सडक खण्ड अन्तर्गत रिडि देखि रुद्रवेणी सम्मको बाटो पनि सुचारु भएपछि सास्ती भोगिरहेको यात्रुहरुलाई पनि सहज भएको छ ।
यसैबिच चाडवाड नजिकिँदै  जाँदा वामी प्रहरी चौकी वामीले पनि बिशेष सुरक्षा ब्यबस्था कडा पारेको जनाएको छ ।
चाडवाडको बेलामा हुन सक्ने विभिन्न आपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । प्रहरी सहायक निरिक्षक घनश्याम ढकालले चाडवाडमा बिभिन्न आपराधिक तथा असामान्य क्रियाकलापलाई न्यूनिकरण गर्न सर्वसाधारण स्वयं पनि सचेत रहन र कुनै त्यस्तो घटना घटे चौकीलाई खबर गर्नै आग्रह गर्नुभएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.