"2513058968709111" /> सँखुवासभामा पहिरोमा परि १० जना बेपत्ता - अनिश शर्मा गैरे
Breaking News
recent

सँखुवासभामा पहिरोमा परि १० जना बेपत्ता

श्रावण् १९
 जिल्लाको स्याबुन ३ फच्याङ गाउँमा गएको पहिरोमा १० जना बेपत्ता भएका छन् ।
सोमबार बिहान १ बजेतिर खसेको पहिरोले ३ परिवारका १० जना बेपत्ता भएका हुन् । पहिरोमा परेर कृतिमान कोइराला, उहाँका पत्नी र छोरी, मेयरमान र उहाँकी पत्नी र पूर्ण कोइरालाका घरमा सुतेका ५ जना बेपत्ता भएको भाई पुष्प कोइरालाले बताउनुभयो ।
घटनास्थलमा प्रहरी सहितको उद्दार टोली पुगिसकेको जिल्ला प्रहरी प्रमुख डिएसपी  कमल थापाले जानकारी दिनुभयो । उद्दारका लागि सदरमुकाम खाँदबारीको श्रीदल गुल्मका सेना र अरुण दल गुल्मका ससस्त्र प्रहरी पठाउने तयारी भइरहेको डिएसपी थापाले बताउनुभयो ।
सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न ५ घण्टा पैदल हिड्नुपर्छ । क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.