"2513058968709111" /> वामीमा ठगी गर्दै हिड्ने एक जना युवक पक्राउ - अनिश शर्मा गैरे
Breaking News
recent

वामीमा ठगी गर्दै हिड्ने एक जना युवक पक्राउ

अनिश गैरे ,रेडियो पुष्पाञ्जली ,वामी गुल्मी ।
भाद्र १२
वामीमा ठगी गर्दै हिडने एक जना युवक आज वामी मैदानमा वामी प्रहरी चौकी द्धारा पक्राउ गरिएको छ । गुल्मीको अाँपचौर वडा नम्बर ४ निबासी  आफ्नो नाम दिनेश भन्ने महेन्द्र सुनारले वामीमा मोवाइल पसल खोल्ने बाहानामा वामी १ र २ मा पल्टारमा करिव केही दिन पहिले देखी बस्दै आएका थिए । उक्त ब्यक्तिले बिभिन्न ब्यक्तिहरुबाट  करिब एक लाख त्रियानब्बे हजार बराबरको रकम ठगी गरेको बताईएको छ । उक्त बयक्तिलाई गुल्मीको वामी मैदानमा भाग्दै गरेको अबस्थामा स्थानीय बासिन्दा र वामी प्रहरी चौकीकको सक्रियतामा नियन्त्रणमा लिई थप अनुसन्धान  प्रक्रियामा पुरपक्षको लागी वामी प्रहरी चौकीमा राखीएको वामी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक घनश्याम ढकाल ले बताउनुभएको छ । यस्तै ढकालले चोरी सम्बन्धी अर्का एक ब्यक्तिलाई पनि नियन्त्रण मा लिइ अनुसन्धान राखीएको बताउनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.