वामीमा ठगी गर्दै हिँड्ने युवालाई भोलि जिल्ला प्रहरी कार्यालय गुल्मीमा पठाईने,कडा भन्दा कडा कारबाही गर्न स्थानीयको माग ।।
चाडपर्वमा हुने आपराधिक क्रियाकलापलाई न्यूनिकरण गर्न सबै सचेत रहने वामी प्रहरी चौकीका सहायक निरिक्षक ढकालको आग्रह ।।
गुल्मी,भाद्र १३
विगत केही दिन यता वामीका विभिन्न ठाउँमा ठगी गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई थप अनुसन्धानका लागि भोलि जिल्ला प्रहरी कार्यालय गुल्मीमा पठाईने भएको छ ।
हिजो वामी मैदानमा वामी प्रहरी चौकी तथा स्थानीय बासिन्दाको सक्रियतामा पक्राउ गरिएका गुल्मीको आँवचौर वडा नम्बर ४ निबासी आफ्नो नाम दिनेश भन्ने महेन्द्र सुनारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा पठाईने भएको हो ।उनलाई हिँजो वामी प्रहरी चौकीले पक्राउ गरी पुर्पक्षका लागि नियन्त्रणमा लिएको थियो । आज वामीका स्थानीय बुद्धिजिवि समाजसेवी तथा प्रहरी प्रशासन बिच भएको छलफलले उनले वामीका विभिन्न ठाउँमा ठगी गरेको भन्दै कडा भन्दा कडा कारबाही गर्न पनि माग गरेका छन् ।वामीमा मोबाईल पसल र टि.भि सोरुम खोल्ने बहानामा उनी विगत केही दिन यता वामीको पल्टारमा बस्दै आएका थिए ।त्यस्तै उनले वामी पल्टारमा र वामी २ स्थित महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालयको अगाडी मोवाईल र टि.भि सोरुम खोल्ने भन्दै सामुदायिक भवन पनि भाडामा लिएका थिए ।त्यस्तै आफ्नो २,३ करोड पैसा काठमाण्डौबाट आउन ढिलाई भएको भन्दै उनले स्थानीयहरुसगं लाखौँ रुपैँया सापटी लगेको र केही पसलहरुमा उधारो कपडा तथा स्थानीय फर्निचरमा पनि झण्डै ३ लाख बराबरको फर्निचर सामाग्री बनाउन भनेको बुझिएको छ ।सोही अनुसार उनले बिभिन्न ब्यक्तिहरुबाट करिब एक लाख त्रियानब्बे हजार बराबरको नगद रकम नै ठगी गरेको वामी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक घनश्याम ढकालले जानकारी दिनुभयो ।उनी ४ वर्ष अगाडी पनि विभिन्न ठाउँमा गरी झण्डै १ करोड ठगी गरेको अभियोगमा ४ वर्ष कारागार बसी यही श्रावण ११ गतेमात्र जेलमुक्त भएको बताईएको छ । फेरी जेलबाट मुक्तभए लगत्तै उनी वामीमा आएर ठगी गर्दै गरेको अवस्थामा पक्राउ गर्न सफल भएको उहाँले बताउनुभयो
यसैबिच उहाँले चाडपर्व नजिँकिँदै गर्दा यस्तो गिरोहको विगविगि बढ्दै गएको भन्दै सचेत रहन सबैलाई आग्रह गर्नुभएको छ ।
वामीमा भएको यस्तो घटना अन्यत्र पनि हुन सक्ने भन्दै उहाँले कुनै अपरिचित व्यक्ति आएमा त्यस्ता व्यक्तिलाई सजिलै विश्वास नगर्न आग्रह पनि गर्नुभयो।

No comments: